Erani Mahal
पाल्पाकाे दर्लममा  पर्यटन तथा साँस्कृतिक महोत्सव सकियाे
80665141_3519643381409127_6844629714502418432_o

पाल्पामा प्रथम दर्लम पर्यटन तथा साँस्कृतिक महोत्सव सम्पन्न भएको छ । बगनासकाली गाउँपालिकाको समन्वय र सोही गाउँपालिकाको वडा नम्बर ५ को आयोजनामा दर्लमडाँडामा महोत्सव भएको हो । महोत्सवमा गाउँपालिकामा जन्मिएर मुलुकको उच्च ओहोदामा रहेर भूमिका निर्वाह गरेका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले व्यक्ति सफल हुनको लागि इमान्दार र मेहनती हुनुपर्ने बताउनुभयो । उहाँले राम्रोसँग अध्ययन गरे मुलुकलाई काम लाग्ने व्यक्ति बनिने बताउनुभयो ।

कार्यक्रममा पूर्व उद्योगमन्त्री तथा संघीय सांसद सोमप्रसाद पाण्डेले गाउँको विकासले फड्को मारेको भन्दै युवाले यहि व्यवसाय गरेर बस्नुपर्ने बताए । प्रदेश सांसद बीरबहादुर रानाले युवालाई गाउँमा रोक्न सके विकास सम्भव रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली चलचित्रका महानायक राजेश हमालले देशको विकास गर्न युवाको आवश्यकता रहेको बताउनुभयो । गाउँमा युवा नहुँदा विकासले फड्को मार्न नसकेको उहाँले बताउनुभयो । ‘मुलुकको विकास गर्न युवा चाहिन्छ’ हमालले भन्नुभयो ‘विदेश पलायन हुनबाट राज्यले रोक्नुपर्छ।’ युवा गाउँमा नहुँदा विकृति मौलाएकोप्रति उनले चिन्ता प्रकट गरे।

कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षक कुवेर सिं राना, राष्ट्रिय अनुसन्धान आयोगका निर्देशक गणेश अधिकारी, डा। भगवान कोइराला, नेपाल सरकारका सचिव गणेश बश्याल, नेपाल पत्रकार महासंघ पाल्पाका सभापति राजेशकुमार अर्याल, नेकपा मालेका धनराज पौडेल, राष्ट्रिय प्रजातान्त्रिक पार्टी संयुक्तका डुलबहादुर कुवँर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी, कान्तिपुर डेण्टल कलेजका ज्योतीमान श्रेष्ठ, रुपन्देही उद्योग संघका निवर्तमान अध्यक्ष गणेश अधिकारी लगायतले पर्यटकीय संभावना बोकेको बगनासकालीको प्रचार प्रसार गर्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा मुलुकको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका उनीहरुलाई सम्मान गरिएको थियो।

कार्यक्रममा बगनासकाली गाउँपालिकाको विकासको अवस्थाबारे जानकारी दिन मुलुकको जिम्मेवार निकायमा रहेर भूमिका निर्वाह गरेका व्यक्तिहरुलाई जमघट बनाउन यो कार्यक्रम आयोजना गरेको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बश्यालले बताउनुभयो । व्यक्ति जहाँ बसेपनि जन्मथलोमा योगदान पु¥याउन उनले आग्रह गर्नुभयो

वडा अध्यक्ष इश्वर रानाको सभापतित्वमा भएको कार्यक्रममा महोत्सव संयोजक नविन पौडेलले कार्यक्रमको उद्देश्यमाथि प्रकास पार्नुभएको थियो ।

गाउँपालिका उपाध्यक्ष सरस्वती चिदिले स्वागत गर्नुभएको कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघ पाल्पाका पूर्वसभापति भगवान भण्डारीले गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो ।

प्रकाशित मिति: आइतबार, पुस १३, २०७६  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update