Erani Mahal
पाल्पामा ट्राफिक सचेतनामुलक सप्ताह सुरु
IMG_4823

पाल्पा, पछिल्लो समय पाल्पामा बढेको सवारी दुर्घटना न्यूनिकरण गर्न एक हप्ते सचेतनामुलक कार्यक्रम सुरु गरिएको हो ।


जिल्ला ट्रफिक प्रहरी कार्यालय पाल्पाको आयोजनामा सप्ताहा व्यापी ट्राफिक सचेतनामुलक कार्यक्रम सुरु भएको हो । मानवीय कामजोरी र सडक अवस्थाकै करण दुर्घटना बढेकाले सवारी चालक र यात्रु लक्षीत सचेतनामुलक अभियानलाई तीव्रता दिईएको जिल्ला ट्रफिक प्रहरी कार्यालय पाल्पाका प्रमखु पृथ्वीनारायण काफ्लेले जानकारी दिनुभयो ।


सदरमुकाम तानसेन स्थित बसपार्कमा एक बृहत कार्यक्रमको आयोजना गरि सुरु गरिएको सप्ताब्यापी ट्रफिक सचेतनामुलक कार्यक्रममा पर्चा पम्पलेट, स्टिकर सहित ‘ठाउँको ठाउँ’ सुधार अभियानको थालनि भएको छ ।
कार्यक्रमको अवसरमा सवारी चाललाई प्रशिक्षण सहित फोहोर ब्यवस्थापनको लागि डष्टविन प्रदान गरिएको छ

। कार्यक्रममा पुर्व उद्योग मन्त्री एंव संघिय सांसद सोम प्रसाद पाण्डे,तानसेन नगरपालिकाका नगरप्रमुख अशोक कुमार शाही,प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढाकाल,जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख दिपेन्द्र जिसी ,श्रीनगर यातायात ब्यवासायि समितिका अध्यक्ष डिल बहादुर ढुंङगाना लगायतले जिल्लामा बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्न ट्रफिक सप्ताहालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

पाल्पा जिल्लामा सहरी क्षेत्रमा भन्दा ग्रामीण भेगमा सवारी दुर्घटना बढेकाले ग्रामीण इलाकामा ट्रफिक सचेतनालाई विस्तार गरिने भएको छ । ग्रामीण क्षेत्रमा ट्रफिक प्रहरीको पहुँच कम हुने भएकोले अब देखि गाउँ –गाउँमा समेत ट्रफिक प्रहरीलाई विस्तार गर्न सरोकारवालाले आग्रह गरेका छन ।


कार्यक्रममा समुदाय प्रहरी साझेदारी कार्यक्रलाई कार्यान्वयन गर्न समन्वय गर्ने स्थानिय तहलाई सम्मान गरिएको छ । कार्यक्रममा विभिन्न स्थानिय तहका प्रमखु एवं प्रतिनिधि, राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि,सुरक्षा निकायका प्रमुख,सरकारी कार्यालयका प्रमुख, यातायात ब्यवासायि,सवारि चालक,यात्रु र पत्रकारहरुको सहभागीता रहेको थियो ।


जिल्ला ट्रफिक प्रहरी कार्यालय पाल्पाले आज देखि पुष १९ गते सम्म सप्ताहब्यापी ट्रफिक सचेतनाको कार्यक्रम सञ्चालन गर्ने छ । सुनिल कार्कीबाट ।

प्रकाशित मिति: आइतबार, पुस १३, २०७६  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update