Erani Mahal
रैनादेवी छहराकाे विद्यालयमा  संगीता  फाउन्डेसन द्वारा जाडाेकाे लुगा प्रदान
81571567_2586787681437665_9177583910203162624_n

पाल्पा संगिता फाउन्डेसन पाल्पाले रैनादेबी छहरा गाउँपालिका वडा.नं. ३ डाँडागाउँमा रहेको जनप्रिय आधारभुत विध्यालयका विद्यार्थीलाई जाडोको लागि न्यानो कपडा वितरण गरेको छ ।


विद्यालयमा अध्ययनरत गरीब, असाहाय तथा विपन्न ४१ विधार्थीलाई न्यानो माया स्वरुप स्वेटर हस्तान्तरण गरिएको हो । स्वेटर हस्तान्तरण गर्दै वडा.नं. ०३ का अध्यक्ष लाल बहादुर दर्लामीले फाउण्डेशनप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले संगिता फाउन्डेसनसँग वार्डले शैक्षिक विकासका लागि विभिन्न कार्यक्रममा सहकार्य गर्न सकिने बताउनुभयो ।


शिक्षक सुवास पोखरेलको संयोजनमा तय भए उक्त कार्यक्रमा युवा उत्प्रेरक तथा फाउन्डेसनको अध्यक्ष संगिता भट्टराईले सबैले आफ्नो कमाईको सानो अंश सेवामा लगाउन सके विपन्न बालबालिकाहरुको मुहार फेरिन सक्ने बिचार व्यक्त गर्नुभयो ।


विध्यालय व्यवस्थापन समितीका अध्यक्ष ज्ञान प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रमा विध्यालयका प्रधानाध्यापक बिमल पन्त ले विध्यालयलाई बालमैत्री वातावरणबाट अघि बढाउन यस्ता संस्थाहरुसँगको सहकार्यमा काम गर्न विद्यालय तयार रहेको बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, पुस १३, २०७६  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update