Erani Mahal
पाल्पाको पूर्वखोलामा किवीको व्यवसायिक खेती
Kiwi_fruit_farming

पाल्पा । जिल्लाको पूर्वखोला गाउँपालिका २ जल्पामा किवीको व्यवसायी खेती सुरु गरिएको छ ।
जल्पाको ढोलिमारा साठिकोल र मैदानलाइ किविको पकेट क्षेत्र नै बनाएर गाउँपालिकाले खेतीको लागि प्रोत्साहन समेत गरेको छ । यहाँका किसानलाई आवश्क तालिम सहित किबी खेतीको सुरुवात गरिएइको गाउँपालिकका प्रमुख नुनबहादुर थापाले बताउनुभयो । उहाँले कम मेहनतमामा किबीबाट प्रशस्त आम्दानी गर्न सकिने भएकाले किसालाई सहयोग गरिएको बताउनुभयो ।


यस वर्ष पालिकाले १ सय केजी किबि निशुल्क बितरण गरेको उहाँले जानकारी गराउनु भयो ।
कार्यक्रमको सहजिकरण प्रदेश ५ का कृषि बिज्ञ कमान सिं थापा र सुन्ताला र कागती जतका पाल्पाका नर्सरी प्रमुख बोम बहादुर थापाले गर्नुभएको छ ।


गाउँमा आयआर्जनसँगै रोजगारीको अवसर समेत हुने भएकोले गाउँमा व्यवसायिक किवी खेती गरिएको वडा अध्यक्ष निर बहादुर सारुले बताउनुभयो ।

के हो किबी ?
किबी निकै पोषिलो र औषधीय गुण समेत भएकाले यसको माग विश्वभर बढेको छ । किवी नियमित खानाले पाचन प्रणाली ठीक हुने, मधुमेह नियन्त्रण हुने, लामो समयसम्म जवान देखिने, भिटामिन सीको कमी पुर्ति गर्ने अधिक्तम रुपमा खनिज त्तो पाइन्छ लगायतका फाईदाहरु छन् ।

किशानले लगायको किविबाट उत्पादन बिरुवा लगाएको २–३ बर्ष देखि उत्पादन सुरु गर्ने किविको बिरुवाले करिब ४० देखि ६० बर्ष सम्म नै निरन्तर उत्पादन दिने गर्दछ । सातौँ बर्ष देखि किविले राम्रो गुणस्तर सँगै उत्पादन पनि एउटै बिरुवाले ५० देखि १०० किलो सम्म फल फल्छ ।


नेपालमा किवि प्रति किलोग्राम ४०० देखि ८०० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ भने यो फल प्रशस्त उत्पादन गरी विदेश निर्यात गर्न सकेमा लाखौँ विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । यो फल नेपालको भुगोल अनुसार १२०० देखि २४०० मिटरको उचाइमा लगाउन सकिन्छ । किबीको खेती जल्पामा सफल रुपमा हुने गाउँपालिकाका प्राबिधिक सन्तोष कँडेलले जानकारी गराउनु भयो ।

प्रकाशित मिति: शनिबार, पुस १२, २०७६  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update