Erani Mahal
पाल्पाबाट चुनढुंगा लिएर बुटवलतर्फ जाँदै गरेको टिप्परकाे ठक्करले एक जनाकाे मृत्यु
tripar

पाल्पा - पाल्पाबाट चुनढुंगा लिएर बुटवलतर्फ जाँदै गरेको लु २ ख १७६३ नम्बरकोे ट्रिपरसँग तिनाउ गाउँपालिकास्थि ३ ड्याम साइड नजिक लु १९ प २८०३ नम्बरको स्कुटर ठक्कर खाँदा एक जनाकाे मृत्यु भएकाे छ ।

पाल्पा, सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ–३, दोभानमा स्कुटर र ट्रिपर आपसमा ठोक्किदा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा बुटवल उपमहानगर–१३, का २५ वर्षिय सिद्धान्त थापा रहनुभएको प्रहरीले जनाएको छ ।


पाल्पाबाट चुनढुङ्गा लिएर बुटवलतर्फ जाँदै गरेको लु २ ख १७६३ नम्बरकोे ट्रिपर र लु १९ प २८०३ नम्बरको स्कुटर शनिबार दिउँशो आपसमा ठोक्किदा पाल्पाका प्रहरी उपरीक्षक दिपेन्द्र जिसीले जानकारी दिनुभयो । स्कुटी चालक थापाको बुटवलस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।स्कुटीले ओभरटेक गर्ने क्रममा दुर्घटना भएको र ट्रिपर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति: शनिबार, पुस १२, २०७६  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update