Erani Mahal
पाल्पाको कोल्डाँडा बन्यो जिल्लाकै पहिलो पुनर्निर्माण सम्पन्न वडा
1-

पाल्पा - पाल्पा जिल्लाको तिनाउँ गाउँपालिकाको वडा नं. ५ कोल्डाँडालाई जिल्लाकै पहिलो पुनर्निर्माण सम्पन्न वडाको रुपमा घोषणा गरिएको छ ।


२०७२ सालका महाविनासकारी भुकम्पले क्षेति पुगेका घरहरु पुननिर्माणमा जिल्लाका ८१ वडा मध्ये पहिलो भएकाले कोल्डाँडालाई पहिलो गाउँ घोषणा गरिएको हो ।


गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले एक कार्यक्रमका बीचमा पुर्न निर्माण सम्पन्न वडाको रुपमा घोषणा गर्नुभयो । घर्तीले महाविनासकारी भुकम्पको पीडालाई ढिलै भएपनि घर निर्माण सकेर गाउँलेलाई राहत मिलेको बताउनुभयो । उहाँले गाउँमा अब भवनहरु पुर्ननिर्माणसँगै स्थानीयहरु आयआर्जन र दैनिक रोजगारीका लागि कृषि, पशुपालन लगायतका क्षेत्रमा लाग्न समेत आग्रह गर्नुभयो ।


भुकम्प जाँदा गाउँमा ७५ घर पुर्न निर्माणको सूचिमा रहेका थिए, जसमध्ये घर पर्नुनिर्माण गर्नको लागि ७२ घरले सम्झौंता गरेका थिए, सम्झौता गरेका मध्ये ३ जनाले घर नबनाउने निर्णय गरेका थिए ।
गाउँका बाकी ६९ जनाले घर निर्माण सम्पन्न गरेर तीन किस्तामा गरी कुल ३।३ लाख बुझेपछि गाउँको पुर्ननिर्माण सम्पन्न भएको वडाको रुपमा घोषणा गरिएको पुर्न निर्माण प्राधिकरण पाल्पा इकाई प्रमुख अनन्त सुनारले रानीमहललाई बताउनुभयो ।


कार्यक्रममा कोल्डाँडाका ६९ जना लाभग्राहीहरुलाई पुनर्निर्माण सम्पन्न प्रमाण पत्र समेत वितरण गरिएको छ ।
कार्यक्रममा वडा अध्यक्ष रोमबहादुर लम्तरी, टोमबहादुर पुन, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरु, प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईका इन्जिनियर टिकाबहादुर पाटा, राजेश पाठक, उमेश यादव, जिल्ला समन्वय समितिका सदस्य इन्द्रा चिदी लगायतले पुर्न निर्माण सम्पन्न गरेर नयाँ घर बनाएकोमा सबैलाई धन्यवाद सहित मन्तव्य दिनुभएको थियो ।


जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख अनन्त सुनारको स्वागत, गापा अध्यक्ष ओमबहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन इन्जिनियर राजेश पाठकले गर्नुभएको थियो ।

पाल्पामा २०७२ सालको भुकम्पले कोल्डाँडा, झडेवा, चिदीपानी, ज्यामिरे, अर्चले, गोठादी लगायतका गाउँमा बढी असर गरेको थियो । यि गाउँहरुमा अझै पुर्न निर्माणको काम सकिएको छैन तर कोल्डाँडामा भनेर सकिएर प्रथम भएको छ ।

प्रकाशित मिति: शनिबार, पुस १२, २०७६  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update