Erani Mahal
तानसेनकाे चुच्चेबारीमा बस दुर्घटना
80307895_1443514449153637_6758329321716187136_n-1

पाल्पा - पाल्पाको तानसेन - ८, चुच्चेबारी नजिकै यात्रुबाहक बस दुर्घटना भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडकखण्डको चुच्चेबारीमा बस दुर्घटना भएको हो ।

पोखरबाट बुटवल जाँदै गरेकाे बस शुक्रबार दिउँशाे दुर्घटनामा परेको प्रहरीले जनाएकाे छ । बस सडकबाट केही तल खोल्सामा खसेको छ । दुर्घटनामा परी बसका १ जना यात्रु सामान्य घाइते भएकाे प्रभास प्रहरी चाैकीका प्रमुख एकबहादुर नेपालीले जानकारी दिनुभयाे ।

तस्विर : माेहनलाल कार्कीकाे फेसबुकबाट ।

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०७६  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update