Erani Mahal
तिनाउँको दोभानमा प्रादेशिक स्तरको नर्सरी संचालन
80292465_2593226867413403_6715388092661891072_n-1

१ लाख २० हजार विरुवा उत्पादन गर्ने लक्ष्य

पाल्पा– जिल्लाको तिनाउँ गाउँँपालिका ३ दोभानमा प्रदेशस्तरको नर्सरी निर्माण गरी संचालनमा ल्याइएको छ । तिनाउँ सव डिभिजन वन कार्यालयको कार्यक्षेत्र भित्र विरुवा उत्पादन गरी विभिन्न स्थानमा वितरण गर्ने लक्ष्य सहित आ.व. २०७५÷०७६ बाट नसरीको स्थापना गरेर संचालनमा ल्याइएको हो ।

भोतखोला नसरीको नामबाट संचालनमा ल्याइएको नसरीमा १ लाख २० हजार गोटा विरुवा उत्पादन गर्ने लक्ष्य रहेको दोभान सव डिभिजन वन कार्यालय दोभानका प्रमुख सहायक वन अधिकृत चन्द्रबहादुर भाटले बताउनुभयो ।

यस वर्ष वनकार्यालयको १ लाख, गाउँपालिकाको २० हजार गोटा विरुवा उत्पादन गर्ने लक्ष्य रहेको छ अहिलेसम्म १६ लाख लागत अनुमान गरिएको छ, प्रमुख भाटले भन्नुभयो, नसरीको लागि संघीय सरकारबाट ससर्त बजेट ५० हजार गोटाको लागि ५ लाख, प्रदेश सरकारबाट बहुवर्षिय नसरी स्थापना तथा संचालनको लागि २० लाख बजेटबाट नसरी संचालन गर्न गरेर काम गरिएको छ । नसरीमा गत वर्ष प्रदेशको बजेटले विभिन्न प्रजातीका २५ हजार विरुवा उत्पादनका लागि दुईलाख पचास हजार खर्च भएको छ भने २० लाख बजेटले उच्च प्रविधिको नसरी निर्माण गरिएको छ । यस्तै तिनाउँगाउँपालिकाले गत आ.व.को तेजपातको स्टक १ लाख बजेटबाट २० हजार गोटा विरुवालाई स्याहार संभार तथा मर्मतको लागि बजेट प्राप्त भएको प्रमुख भाटले बताउनुभयो ।

यस वर्ष प्रदेश सरकार उद्योग वन पर्यटन तथा उद्योग मन्त्रालयबाट ९० हजार विरुवा उत्पादनको लागि ९ लाख, संघीय सरकारबाट १० हजार विरुवा उत्पादन गर्न ५ लाख र स्थानीय तह तिनाउँ गाउँपालिकाबाट २० हजार विरुवा उत्पादन गर्नको लागि २ लाख बजेट विनियोजन भएको प्रमुख भाटले बताउनुभयो ।

नसरीमा संघीय सरकारले बहुवर्षीय विरुवा उत्पादन र अन्यबाट आयमुलक तथा गैरकाष्ठ वन पैदावार, जडिबुटि लगायतका विरुवा उत्पादन गरिनेछ । नसरीमा धुपी, सल्ला, तेजपत्ता, कपुर, श्रीखण्ड, चिउरी, कटहर, कुरिलो, अमला, रिठ्ठा, हर्रो, बर्रो, कागती, कल्की फुल, काइयो फुल, बेल लगायतका जडिवुटी र गैरकाष्ठ वनपैदावारको विरुवा उत्पादन हुने प्रमुख भाटले बताउनुभयो ।

यहाँबाट उत्पादन भएको विरुवाहरु विभिन्न सामुदायिक वन, नीजि वन क्षेत्र, कबुलियति वन क्षेत्र, सार्वजनिक जग्गाहरु, नीजि आवास तथा सरकारी जग्गाको कम्पाण्ड आदिमा निशुल्क रुपमा वितरण गरिने कार्यालयका रेञ्जर यमलाल पोखरेलले बताउनुभयो । नसरीको तिनाउँ सव डिभिजन वन कार्यालय पाल्पा र भूतखोला सा.व.उ.स.ले रेखदेख तथा व्यवस्थापन गरेका छन् ।

जिल्लाका विभिन्न स्थानमा वन कार्यालयले नर्सरी स्थापना गरेको छ । जिल्लाको रामपुर,झडेवा,मित्याल,तानसेनको नर्सरिमा जडिबुटी, डालेघास र बहु आयामिक प्रजातिका बिरुवा उत्पादन गरेर निशुल्क बितरण गर्दै आएको छ ।

गत बर्श २ लाख ३२ हजार बिरुवा उत्पादन गरेको कार्यालयले यश बर्श जिल्ला भर २ लाख ५० हजार भन्दा बढी उत्पादन गर्ने लक्षका साथ बिरुवा उत्पादन गरिरहेको र उत्पादित बिरुवा सामुदायिक वन, कबुलियती वन र निजि जग्गामा रोपणको लागि निशुल्क बितरण गरिने रेन्जर पाेखरेलले जनाउनु भएको छ ।

५० गोटा सम्म बिरुवा रोप्ने निजि किसानले सिधै नर्सरिमा सम्पर्क गरेर असार महिनामा बिरुवा प्राप्त गर्न सक्दछ्न् भने त्यो भन्दा बढी बिरुवा रोप्न चाहनेहरुले जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपी सहित निबेदन दिनुपर्ने प्राबधान रहेको छ ।आफुलाइ पायक पर्ने नर्सरी बाट बिरुवा लगेर रोपण गर्न सक्दछ्न् ।

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०७६  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update