Erani Mahal
यामाहाद्वारा दृष्टिबिहीन विद्यार्थीलाई न्यानो कपडा र वाटर डिस्फेञ्चर वितरण
80426624_2312277378997148_8049399849558212608_n

पाल्पा-पाल्पाका लागि यामाहा मोटरसाईकलको आधिकारिक विक्रेता ज्ञानेन्द्र अटो वक्र्स र एमएडब्लु फाउण्डेशनको संयुक्त सहयोगमा दृष्टिबिहीन विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ । तानसेन–९, मा रहेको दमकडा माध्यमिक विद्यालयमा अध्यनरत दृष्टिविहिन, विपन्न र फरक क्षमता भएका विद्यार्थीहरूलाई न्यानो कपडा र वाटर डिस्फेञ्चर वितरण गरिएको हो ।

ज्ञानेन्द्र अटो वक्र्सको टीमले विद्यालयमै पुगेर २७ जना दृष्टिविहीन, चार जना फरक क्षमता र विपन्न विद्यार्थीहरूलाई चिसोबाट बच्न सुईटर, मोजा, टोपी र तातो, चिसो पानीका लागि वाटर डिस्फेञ्चर वितरण गरेको छ ।


विपन्न र दृष्टिबिहीन विद्यार्थीहरूलाई चिसोबाट बच्न सहज होस् भनेर न्यानो कपडा वितरण गरिएको ज्ञानेन्द्र अटो वक्र्स सञ्चालक विवेककाजी शाक्यले बताउनुभयो । न्यानो कपडा वितरणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेशकुमार अर्याल र वक्र्सका प्रोपाईटर विरेन्द्रकाजी शाक्यले न्यानो कपडा वितरण गर्नुभयो ।

अध्यक्ष अर्यालले नीजि संस्थाले अशक्त र दृष्टिबिहीन विद्यार्थीलाई सहयोग गरेर सामाजिक उत्तरदायिŒव निर्वाह गरेको बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मोहन सापकोटा, ज्ञानेन्द्र अटो वक्र्सका संचालक विवेककाजी शाक्य लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०७६  ०७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update