Erani Mahal
पाल्पाको रिव्दिकोटमा ४ दिने विपत् प्रतिकार्य तालिम सुरु
add-1

पाल्पा– जिल्लाको रिव्दिकोट गाउँपालिकामा ४ दिने विपत्प्रतिकार्य तालिम सुरु भएको छ । रिव्दिकोट गाउँपालिकाको आयोजना र गोरखदल गण नागपोखरी व्यारेक पाल्पाको संयोजनमा तालिम सुरु भएको हो ।


तालिममा विपद्का प्रकार, विपदको व्यवस्थापन, यसको रोकथाम, प्रतिकार्य लगायतका विषयमा सेनाको टोलीले प्रशिक्षण दिनेछन् । प्रत्येक वडाबाट ३񁾧 ३ जना सहभागिका दरले ८ वडाका २४ जनाको सहभागिता रहेको छ ।


तालिम उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले विपत भन्ने कुरा जतिबेला पनि आउन सक्ने भएकाले स्थानीय स्तरमै विपत्को समाधान र उद्दारका लागि तालिम दिइएको बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी ज्ञवालीको स्वागत, प्रमुख प्रशासकीय अधिकृत ऋषि अर्याल, गोरखदल गणका प्रमुख सुरज केसी लगायतले तालिमको विषयमा आफ्नो धारणा राख्नु भएको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस १०, २०७६  १९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update