Erani Mahal
कृषकलाई हाते ट्याक्टर मर्मत गर्ने सीप सिकाउँदै रिव्दिकोट गाउँपालिका
av-1

पाल्पा– रिव्दिकोट गाउँपालिका पाल्पाले आफ्नो कार्यक्षेत्रका किसानलाई हातेट्याक्टर मर्मत र प्रयोग गर्ने विधि, सीप सिकाएको छ । गाउँपालिकाकाका ५० प्रतिशत अनुदान वितरण गरिएका हातेट्याक्टरका किसानलाई मर्मत र प्रयोग सम्बन्धि तालिम दिइएको हो ।


तालिममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले तालिममा सिकेका ज्ञान सीपलाई व्यहारमा उर्तान आग्रह गर्नुभयो । उहाँले कृषिलाई आधुनिकरण गर्न र उत्पादनलाई बढावा दिन गोरुको साटोमा हातेट्याक्टरको प्रयोगलाई जोड दिइएको बताउनुभयो ।


एक दिने तालिम आयोजना गरेर गाउँपालिकाकाका ५० प्रतिशत अनुदान वितरण गरिएका हातेट्याक्टरका किसानलाई मर्मत र प्रयोग सम्बन्धि तालिम दिइएको प्रमुख प्रशासकीय अधिकृत ऋषि अर्जेलले रानीमहललाई बताउनुभयो । गाउँपालिकाका ६० जना कृषकलाई हाते ट्याक्टरको प्रयोग र कम्बाइन्ड मिल सम्बन्धित विषयमा ज्ञान दिइएको उहाँले बताउनुभयो । किसानले प्रयोगका क्रममा आउने समस्या आफैंले नै समाधान गर्न सक्ने बनाउन तालिम दिइएको हो ।


प्रशिक्षकहरु राजेन्द्र यादव, चुराबहादुर थापा, बैकुण्ठ पन्त लगायतको प्राविधिक टोलीले हाते ट्याक्टरको प्रयोग, यसमा समस्या, समाधानका उपाय, कम्बाइन्ड मिलका समस्याका बारेमा सहभागिलाई सहजीकरण गर्नुभएको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस १०, २०७६  १८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update