Erani Mahal
तिनाउँ गाउँपालिकामा मिनि टिलर प्रयोग र मर्मत तालिम
m

पाल्पा– तिनाउँ गाउँपालिकामा १ दिने मिनि टिलरको प्रयोग र मर्मत सम्बन्धि तालिम दिइएको छ । तिनाउँ गाउँपालिकाको कृषि शाखाको आयोजनामा भएको तालिमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले परम्परागत ढंगले गर्ने खेतीको लागतबढी र उत्पादन कम हुनेभएकोले सम्बृद्धि पनि नआउने बताउनुभयो ।

उहाँले समृद्धिको अभियानमा लाग्न आधुनिक कृषि प्रणाली र उपकरणको प्रयोग आवश्यक रहेको बताउनुभयो ।


कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दमयन्ती थापा, प्रबक्ता राजेश श्रेष्ठ, वडा अध्यक्ष रोमबहादुर लम्तरी, दलबादुर दर्लामी लगायतले गाउँमा उन्तत र व्यवसायीक खेतीका लागि आधुनिक प्रविधिले सहयोग गर्ने बताउनुभयो ।

गुराँसडाँडा तरकारी उत्पादक समूहका अध्यक्ष बालसिंह रानाको अध्यक्षतामा भएको कार्यक्रम किशोर रावलले चलाउनु भएको थियो ।

तालिम पश्चात गाउँपालिकाले ६५ जना कृषकलाई एक एक वटा मिनि टिलर पचास प्रतिशत अनुदानमा वितरण गर्ने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १०, २०७६  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update