Erani Mahal
नेपालमा ठाउँ अनुसार फरक फरक देखियो सूर्यग्रहण
grahan-5-1

पाल्पा– नेपालका विभिन्न भूभागबाट फरक फरक दृष्य आजको सूर्यग्रहणको देखिएको ५ । आजको सुर्य ग्रहणलाई धेरैले नजिकबाट नियालेका छन् । बिहान ८ बजेर ४३ मिनेटमा खण्डग्रास सूर्यग्रहण सुरु भएको हो ।


बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका आनुसार ग्रहणले काठमाडौं, महेन्द्रनगर र कञ्चनपुरबाट चन्द्रमाले सूर्यलाई ३९ प्रतिशत र भद्रपुर झापाबाट ३६ प्रतिशत ढाकेकोछ ।


काठमाडौंमा बिहान ८ बजेर ४३ मिनेटमा सुरु भएको ग्रहण पश्चिमी नेपालको महेन्द्रनगरबाट बिहान ८ बजेर ३८ मिनेटमा र पूर्वी नेपालको भद्रपुरमा बिहान ८ बजेर ४८ मिनेटमा सुरु भएको संग्रहलयका निर्देशक सनतकुमार शर्माले जानकारी दिनुभयो ।


‘काठमाडौंमा ग्रहण अवधि २ घण्टा ५० मिनेट, महेन्द्रनगरमा २ घण्टा ४१ मिनेट र झापामा २ घण्टा ५३ मिनेट रहनेछ । छिमेकी मुलुक भारतको दक्षिणी भाग कर्नाटक, केरला र तमिलनाडुको केही खण्डबाट पनि सूर्यग्रहणका रूपलाई नियालिउको छ ।


भारतमा बलयाकार सूर्यग्रहणका बेला सूर्यको करिब ९३ प्रतिशत खण्ड चन्द्रमाले ढाकिनेछ । ग्रहणको आकार साउदी अरबबाट सुरु भएर कतार, ओमान, संयुक्त अरब इमिरेट्स, भारतको दक्षिणी भाग, श्रीलंकाको उत्तरी भाग, मलेसिया, सिंगापुर, सुमात्रा, बोर्नियो हुँदै प्रशान्त महासागरको गुआम टापुमापुगेर अन्त हुने बताइएको छ ।


पृथ्वी र सूर्यको बीचमा चन्द्रमा आउँदा र त्यसको छाया पृथ्वीमा पर्दा सूर्यग्रहण देखिन्छ । यो सघन छाया र विरल छाया गरी दुई खालको हुन्छ ।


सघन छाया भएको भागमा पूर्ण सूर्यग्रहण अर्थात् खग्रास देखिन्छ । विरल छाया परेको भागमा आंशिक सूर्यग्रहण अर्थात् खण्डग्रास देखिन्छ । सूर्यग्रहणलाई नांगो आँखाले हेर्दा दृष्टिमा क्षति पुग्ने विज्ञको भनाइ छ

प्रकाशित मिति: बिहीबार, पुस १०, २०७६  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update