Erani Mahal
पाल्पा रामपुर निवासी पूर्वसचिव शान्तबहादुर श्रेष्ठको निधन
Santa

पाल्पा– पाल्पा रामपुर निवासी नेपाल सरकारका पूर्वसचिव शान्तबहादुर श्रेष्ठको निधन भएको छ । निमोनियाको उपचारका क्रममा श्रेष्ठको विहिवार विहान ५ बजे त्रिबि शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौंमा निधन भएको हो । पाल्पाको रामपुर स्थायी घर भएका श्रेष्ठ यसअघि मुख्य सचिवको दाबेदार समेत रहनु भएको थियो ।

उमेरहद्का कारण उहाँले मुख्य सचिवमा प्रतिस्पर्धा गर्न पाउनुभएको थिएन । श्रेष्ठलाई एक्कासी स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । उपचारकै क्रममा उहाँको मृत्यु भएको त्रिवि शिक्षण अस्पताल पुग्नुभएका पत्रकार जीवन भण्डारीले जानकारी दिनुभएको छ ।


निमोनिया भएपछि श्रेष्ठलाई मंगलवार त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । भेन्टिलेटरमा राखेर उपचार गर्दा चिकित्सिकहरुले उहाँलाई निमानिया वा स्वाइन फ्लु भएको आसंका गरेका थिए । सरकारी सेवामा रहँदा श्रेष्ठ इमान्दार र कर्मनिष्ट कर्मचारीको रुपमा चिनिनु भएको थियो ।


पाल्पाको रामपुर तथा कालिगण्डकी टटिय क्षेत्रमा विकासका लागि महत्वपूर्ण योगदान दिनुभएको श्रेष्ठको निधनले एक होनाहार सामाजिक राजनीतिक व्यक्तित्व गुम्न पुगेको छ । श्रेष्ठको निधनप्रति विभिन्न व्यक्तित्व, राजनीतिक दल, नागरिक समाज, पत्रकार, संघ, संस्था लगायतले सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट समवेदना व्यक्त गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, पुस १०, २०७६  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update