Erani Mahal
पाल्पा प्रहरीद्वारा माथागढीका दुई विद्यालयमा शैक्षिक सामग्री वितरण
२-रत्न-मा.वि.-1

पाल्पा– पाल्पा प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाको माथगाढी गाउँपालिकाका विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।


गाउँपालिकाका रत्न माध्यमिक विद्यालय झडेवा देउगीर र मौलाथरमा रहेको योगेश्वर प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो ।


विद्यालयमा अध्ययनरत विपन्न, जेहन्दार तथा गरिब विद्यार्थीलाई प्रहरीले विद्यालयमै पुगेर शैक्षिक सामग्री वितरण गरेको हो । रत्नमाविमा आयोजित कार्यक्रममा विद्यालयका अध्यक्ष कमल सारुको अध्यक्षतामा कक्षा १ देखि १० सम्म अध्ययन गर्ने ३१ जना विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।


यस्तै योगेश्वर प्राविका अध्यक्ष टिका बहादुर बरालको अध्यक्षतामा भएको कार्यक्रमा विद्यालयका १ देखि ५ कक्षासम्मका २१ जना बालबालिकालाई कपी, कलम, डटपेन लगायतका शैक्षिक सामग्री प्रदान गरिएको प्रहरी कार्यालय पाल्पाका प्रमुख दिपेन्द्र जिसीले बताउनुभयो ।


प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम अनुसार माथागढीको यि विद्यालयमा शैक्षिक सामग्री प्रदान गरिएको उहाँले बताउनुभयो ।


सामुदायिक प्रहरी साझेदारी कार्यक्रम, जिल्ला प्रहरी कार्यालय पाल्पा, सामुदायिक सेवा केन्द्र, प्यावसन पाल्पा लगायतका संस्थाको सहयोगबाट प्राप्त शैक्षिक सामग्रीहरु गाउँका विद्यालयमा पुगेर प्रहरीले सहयोग गरेको हो ।

प्रकाशित मिति: बिहीबार, पुस १०, २०७६  ०९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update