Erani Mahal
पाल्पामा झुण्डीएर दुईजनाको आत्महत्या
sucide

पाल्पा– पाल्पामा पछिल्लो समयमा सवारी दुर्घटना तथा झुण्डिएर आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ ।

समाचार प्रतिनिधि तस्विर गुगलबाट ।


बुधवार दिउँसो रामपुर ४ बुद्धचोक बस्ने ७८ वर्षकी दिलमाया दर्जीले आफ्नो घरको झ्यालको फलामको डण्डीमा पटुकामा पासो लगाएर झुण्डिएर आत्महत्या गरेकी छन् । यस्तै शुक्रवार विहान ५ बजेको समयमा पूर्वखोला गाउँपालिका ४ मकाल बस्ने ६० वर्षकी चन्द्रसरा बारघरेले आफ्नो गोठको बलोमा प्लाष्टिकको डोरीमा झुण्डि आत्म हत्या गरेको पाल्पाका प्रहरी प्रमुख दिपेन्द्र जिसीले बताउनुभयो ।


पछिल्लो समयमा सामाजिक सञ्जालको प्रयोग, एकान्तपन, घरेलुहिंसा, पारिवारिक विमेल जस्ता कारणले झुण्डि आत्महत्या गर्नेको संख्या बढ्दै गएको प्रमुख जिसीले बताउनुभयो ।


उहाँले प्रहरीले गाउँगाउँमा सचेतना कार्यक्रमहरु संचालन गर्दै आएको भएता पनि पाल्पामा दैनिक जसो घटनाहरु घट्नु चेतनाको कमी, अशिक्षा जस्ता कारण पनि रहेको बताउनुभयो ।

दुवै स्थानमा प्रहरी पुगेर घटनाको मुचुल्का उठाउने र थप अनुसन्धान जारी रहेकोले घटना के कति कारणले भएको भन्ने अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १०, २०७६  ०९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update