Erani Mahal
रिव्दिकोट गाउँपालिकाको वित्तिय खर्च ५१ प्रतिशत
ad-da

पाल्पा– रिव्दिकोट गाउँपालिका पाल्पाले प्रथम चौमासिक सम्ममा ५१ प्रतिशत बढी वित्तिय खर्च गरेको जनाएको छ ।


गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गर्दै यस आ.व.मा पूजीगत खर्च २२ प्रतिशत र चालु खर्च ६३ प्रतिशत भएको जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले पालिकाका ८ वटै वडामा गरिएको कार्यक्रमको सार्वजनिक सुनुवाइ पछि एकमुष्ट सार्वजनिक सुनुवाई गरिएको बताउनुभयो । उहाँले सहभागिको प्रश्नको जवाफ दिनुभएको थियो । उहाँले जनतासँग प्रत्यक्ष जोडिएर काम गरिएकाले सेवा सुविधा चुस्तता र पारदर्शी ढंगले प्रवाह गर्न पालिकाले काम गरेको बताउनुभयो ।


प्रशासकीय अधिकृृत ऋषिराम अर्जेलले गाउँपालिकाले यस अवधिसम्ममा गरेका क्रियाकलाप र आगामि दिनमा गर्ने कार्यक्रमबारे जानकारी गराउनु भएको थियो । उहाँले गाउँपालिकाले सुशासनलाई पहिलो प्राथामिकतामा राखेर आयमुलक र सीपमुलक कार्यक्रमलाई जोड दिएको बताउनुभयो ।


गाउँपालिकाको २३ करोड ४२ लाख ३८ हजार बजेटमा ११ करोड ५९ लाख १५ हजार रुपैंया वित्तिय खर्च भएको र सोही अनुसारका भौतिक प्रगति समेत भएको प्रमुख अर्यालले बताउनुभयो ।


कार्यक्रममा स्थानीय, पत्रकार तथा अन्य व्यक्तित्वहरुले लागेका जिज्ञाशाहरु राख्नुभएको थियो । सहभागिको जिज्ञासामा अध्यक्ष जिसी र प्रमुख अर्यालले प्रष्टपार्नुभएको थियो ।

प्रकाशित मिति: बुधबार, पुस ९, २०७६  १९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update