Erani Mahal
पुस १२ गते 'प्रथम दर्लम पर्यटन तथा साँस्कृतिक महोत्सव' हुने
oll

पाल्पा - बगनासकाली-५, दर्लामडाँडामा एक दिने प्रथम दर्लम पर्यटन तथा साँस्कृतिक महोत्सवको हुने भएकाे छ । बगनासकाली गाउँपालिका वडा नं. ५ काे आयोजनामा उक्त कार्यक्रममा हुने बुधबार तानसेनमा गरिएकाे पत्रकार सम्मेलनमा जानकारी दिइएकाे छ ।

पाल्पामा जन्मनुभइ विभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्यक्तिहरूकाे उपस्थितिमा महाेत्सव आउने पुस १२ गते हुन लागेकाे बगनासकाली गाउँपालिका वडा नं. ५ का अध्यक्ष इश्वर कुमार रानाले जानकारी दिनुभयाे । पर्यटन क्षेत्रकाे विकास र समग्र पाल्पाकाे विकासमा टेवा पुर्याउने उद्धेश्यले महाेत्सवकाे आयाेजना गरिएकाे वडा अध्यक्ष रानाले बताउनुभयाे ।

पत्रकार सम्मेलनमा सहभागी आयोजक र अतिथिहरू ।

पाल्पामा जन्मनु भएका व्यक्तिहरूलाइ जन्मथलाेबाट सम्झाउने कार्यक्रम अन्तरगत विशिष्ट व्यक्तिहरूकाे उपस्थितिमा कार्यक्रम हुन लागेकाे कार्यक्रम संयाेजक एवं लाेकदाेहाेरी गायक नविन पाैडेलले जानकारी दिनुभयाे । यस खालकाे कार्यक्रम पहिलाे भएकाे र यसले जन्मभूमिप्रतिकाे माया बढाउने उहाँले बताउनुभयाे ।

पत्रकार सम्मेलनमा कार्यक्रममा हुने सबै आम्दानी र खर्च पारदर्शी र सार्वजनिक गर्ने प्रतिबद्धता जनाउनुहुँदै पाैडेलले आर्थिक हिनामिना हुने हाे की भन्ने शंका नगर्न आग्रह गर्नुभयाे । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका पूर्वअध्यक्ष भगवान भण्डारीले कार्यक्रम भव्य रूपमा सम्पन्न गर्न सबैलाइ आग्रह गर्नुभयाे ।

पत्रकार सम्मेलनमा बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण बस्यालले महाेत्सवले पर्यटन प्रबर्धनमा सहयाेग पुग्ने बताउनुभयाे । नेपाल पत्रकार महासंघ पाल्पा शाखाका उपाध्यक्ष भरत शर्मा, बरिष्ठ पत्रकार मेघराज शर्माले कार्यक्रम सबै पाल्पालीले अपनत्व लिने गरी हुनुपर्ने सुझाव दिनुभयाे । कार्यक्रम पत्रकारहरू रेखीराम राना, कमलराज तिमिल्सेना, कृष्ण कार्की, विष्णुप्रसाद घिमिरे, नारायण न्याैपानेले सुझाव राख्नुभएकाे थियाे ।

पत्रकार सम्मेलन वडा अध्यक्ष रानाकाे अध्यक्षता, पत्रकार यज्ञमुर्ति तिमिल्सिनाकाे स्वागत र पत्रकार नेत्र गैरेकाे संचालनमा भएकाे हाे ।

उक्त महाेत्सवमा पूर्व प्रधानन्यायाधीश एवं मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी पूर्वमन्त्री एवं सांसद दल बहादुर राना, सोम प्रसाद पान्डे, प्रदेशसभाका सांसदहरुको समेत उपस्थिति रहने बताइएको छ ।

मुटु राेग विशेषज्ञ डा .भगवान कोइराला, गभर्नर डा.चिरञ्जीवी नेपाल, पुनर्निर्माण प्राधिकरण सिइओ सुशील ज्ञवाली, नेपाल प्रहरी राष्ट्रिय अनुसन्धानका प्रमुख गणेश अधिकारी, पूर्व प्रहरी महानिरीक्षक कुबेरसिं राना, गण्डकी प्रदेशका मुख्य सचिव हरिप्रसाद बस्याल, गण्डकी प्रदेशकै मुख्य न्यायाधीश यज्ञ प्रसाद बस्याल, नेपाल सरकारका सहसचिव अणप्रसाद न्यौपानेको पनि उपस्थिति रहने बताइएकाे छ ।

त्यस्तै महानायक राजेश हमाल, बिरष्ठ गायक तथा संगीतकार नारायण रायमाझी, दुर्गा रायमाझी, इन्द्र जिसि, लक्ष्मी न्यौपाने, बद्री पङ्गेनी, सेमन्तमणी खराल, किरण चित्रकार, नारायण खनाल लेकाली लगायत व्यक्तिहरुको पनि उपस्थिति रहने बताइएको छ ।

प्रकाशित मिति: बुधबार, पुस ९, २०७६  १९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update