Erani Mahal
पूर्वखाेलामा शैक्षिक गुणस्तर वृद्दिकाे लागि १ दिने अन्तरक्रिया
Janamarga

पाल्पा- पूर्वखोला गाउँपालिका -१ सिलुवामा रहेकाे जनमार्ग माध्यमिक बिध्यालयमा शैक्षिक गुरस्तरको वृद्धिका लागि १ दिने अन्त्रकृया गरेको छ ।

कार्यक्रममा शिक्षक वि.व्य.स अभिभावक जन प्रतिनिधी , संघ संथाक व्यत्ती हरु, बिध्यार्थी बिचमा अन्तरकृया भएको हो ।

अन्त्रकृया कार्यक्रममा प्रमुख अतिथि रुपन्देही जिल्ला समन्वय इकाइ प्रमुख एकराज बिश्वकर्मा रहनु भएको कार्यक्रममा रुपन्देही जिल्ला शिक्षा इकाइ प्रमुख दिपेन्द्र ढकालले सहजिकरण गर्नु भएको थियाे ।

विद्यार्थी अभिभावक अभिभावक संघका पधाधिकारी , सिलुवामा रहेका ४ वटा प्रथमिक बिध्यालय, ३ वटा आधारभुत बिध्यालय र १ वटा माध्यमिक बिध्यालय सम्पुर्ण शिक्षक हरु , संघ संथाका प्रतिनिधी ,जन प्रतिनिधीहरु ले छुटाछुटै समुह बनाएर शैक्षिक गुर्णस्तर बृद्धिका लागी अन्तकृया भएको हो ।

कार्यक्रमबाट शिक्षाकाे समस्या र समाधानका उपायका बीचमा छलफल गरिएकाे अभिभावक ज्ञान बहादुर रानाले रानीमहलाइ जानकारी गराउनु भयो ।

कक्षा -१२ का छात्रा सोनिका बिकले बिध्यार्थी हरुको कर्तव्य र अभिभावका गुनासो र संगै सामाधान का उपाय हरु यस कार्यक्रमबाट सहयोग गरेको जानकारी दिनुभयाे । शिक्षक कृश्ण प्रसाद पंगेनी ले शैक्षिक उपलब्धी को लागी यस कार्यक्रम ले टेवा पूगेको वताउनु भयो ।

कार्यक्रमा ७ सय बढी सराेकारावालाको उपस्थिरहेको र सुधार गर्नु पर्ने कुराहरु बिध्यालयले गर्ने र अझ शैक्षिक गुणस्तर बृद्धी हुने बिध्यालयका शिक्षक संकर प्रसाद श्रेष्ठले बताउनु भयो । कार्यक्रम जनमार्ग बिध्यालयका वि.व्य.स. अध्यक्ष गीरमान आलेको अध्यक्षतामा प्र .अ श्याम बहादुर दिशाको स्वागत र शिक्षक इश्वर आचार्यको संचालनमा भएको थियो ।

प्रकाशित मिति: बुधबार, पुस ९, २०७६  १९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update