Erani Mahal
पर्यटन वर्षलाई लक्षित गर्दै रामपुरमा खुल्याे ३ कराेड बढी लागतमा होटेल
namste

पाल्पा- भिजिट नेपाल २०२० (पर्यटन वर्ष)लाई लक्षित गर्दै रामपुरमा ३ कराेड बढी लागतमा होटेल नमस्ते पाल्पाकाे स्लाथापना गरिएकाे छ ।

पाल्पाको रामपुरमा आउदो जनवरी १ मा सुविधा सम्पन्न नमस्ते पाल्पा होटेल तथा रेष्टुरेन्टको उद्घाटन हुने गरी तयारी पूरा भएकाे छ ।

शहरीकरणतर्फ उन्मुख पाल्पाको रामपुर नगरपालिकामा स्वीमिङ पुल सहितको सुबिधा सम्पन्न होटल संचालनमा आउन लागेको हो । रामपुर नगरपालिका वडा नं ५ स्थित बेझाड खेतमा निर्माण भएको होटेल नमस्ते पाल्पाको जनवरी १ तारिख अर्थात् पुष १६ गते भव्य रुपमा होटलको उद्घाटन गरी नियमित संचालनमा ल्याउने तयारी गरेको संचालक कमल पाण्डेले जानकारी दिनुभयो ।

स्थानीय युवा कमल पाण्डे र शिव पाण्डे (दाजुभाइ)ले झण्डै ३ करोड ५० लाखको लागतमा होटेल संचालनमा ल्याउन लागेको बताएका छन्। “होटल शुभारम्भका अवसरमा पुष १६ देखि १८ गते राष्ट्रिय कलाकार र स्थानिय मौलिक सस्कृती सहितको प्रस्तुती रहनेछ ।

साँझ ५ वजेदेखि राती १० बजे दोहोरी साँझ रहनेछ, अहिले हामी होटल उद्घाटनको तयारीमा जुटेका छौँ” संचालक पाण्डेयले भन्नुभयो ।

आफ्नै तीन रोपनी क्षेत्रफल रहेको जग्गामा ११ वटा एट्याज रुम, ४ वटा एसी रुम, सभाहल, रेष्टुरेण्ट हल सहितको ४ तलाको होटेल तथा रेष्टुरेन्ट छ ।८ सय क्षमताको हल सहित, टप रेष्टुरेण्ट, स्वीमिङ पुल, पार्किङको राम्रो सुबिधा रहेको होटेल विशेष गरि पाल्पाको पर्यटन विकास शहर उन्मुख रामपुरको आवश्यकतालाई मध्यनजर गर्दै सन्चालनमा ल्याउन लागेको अर्का सन्चालक शिव पाण्डेले बताउनुभयो ।

खास पाल्पाको समृद्धि कृषि र पर्यटन भएको बताउदै पाण्डेले चार जिल्लाको संगम रामपुरको शहरीकरण, कालीगण्डकी करिडोर, पर्यटनका संभावना तालपोखरा,सिद्द्बाबा भुजात, खैरेनी, काउले कबुलियत बन, प्याराग्लाइडिङ र कालीगण्डकीमा जलयातायात, यहाका प्राबिधिक पढाइको थलो, निर्माणाधिन ५० शैयाको अस्पताल, यहाको दैनिक व्यापार र चहलपहलले रामपुर भित्रने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर होटल, रेष्टुरेण्ट तथा पार्टी प्यालेस सहितको नमस्ते पाल्पा होटेल निर्माण गरिएको पाण्डे द्वयको भनाई छ ।

उद्घाटनका अबसरमा राष्ट्रिय कलाकारहरु घनश्याम रिजाल, कृष्ण सुवेदी, पुरुषोत्तम भण्डारी ( पुर्खे बा), कमला गैरे, मधु चापागाईं, गंगा पौडेल सहित स्थानिय मौलिक कला र नाच प्रस्तुति रहनेछ । पर्यटन बर्ष २०२०को शुरुवाती सहित उद्घाटन हुने होटेलको रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले गर्नुहुनेछ ।

प्रकाशित मिति: बुधबार, पुस ९, २०७६  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update