Erani Mahal
रम्भा गाउँपालिकाकाे अमृत पव्लिक माविलाई बालमैत्री विद्यालय घोषणा
a-d

पाल्पा- रम्भा गाउँपालिकामा रहेकाे अमृत पव्लिक माविलाई बालमैत्री विद्यालय घोषणा गरिएको छ । रम्भा गाउँपालिकाका प्रमुख बिष्णु प्रसाद भन्डारीले विद्यालयलाई बालमैत्री विद्यालय घोषणा गर्नुभएको हो ।

विद्यालयका शिक्षक हेम बहादुर सारुको सन्चलनमा सम्पन्न भएको यस कार्यक्रममा शिव अर्याल,कृष्ण प्रसाद ढकाल, काशीराम बश्याल,बिष्णु प्रसाद भन्डारी लगायतले शुभकामना मन्त्ब्य दिनुभएको थियो ।

विद्यालयका शिक्षक नारन बहादुर मसराङ्गिको स्वागत मन्तव्यमा सन्चालन भएको कार्यक्रममा प्रअ रामचन्द्र खनालले विद्यालयले पूरा गरेका मापदण्डको बारेमा जानकारी दिनुभएको थियोे ।

कार्यक्रमका सभापति कक्षा ९ का विध्यार्थी तथा अमृत बाल क्लवका अध्यक्ष गोविन्द घर्तीको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको हो ।

प्रकाशित मिति: बुधबार, पुस ९, २०७६  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update