Erani Mahal
राम्दीमा बाटो क्रस गर्ने क्रममा बसले ठक्कर दिई  एक घाईते
accident2019-04-05

पाल्पा- जिल्लाकाे बग्नासकाली गाउँपालिका ५ राम्दी बजारमा बाटाे काट्ने क्रममा बसकाे ठक्कर दिदा एक जना घाइते भएका छन् ।

सिद्दार्थ राजमार्गमा बुटवल बाट पोखरा तर्फ जादै गरेको लु १ ख ६२२७ नम्बरको बसमा सवार गरी आएकी बगनासकाली ५ कोलडाडा बस्ने बर्ष ६५ की डिलीसरा आले सोही बसबाट ओर्ली बाटा क्रस गर्ने क्रममा ठक्कर दिई घाईते हुनुभएकाे प्रहरीले जनाएकाे छ ।

घाइते अालेकाे उपचारको लागी मिशन अस्पताल पाल्पामा पठाईएको छ । उहाँकाे ढाड र दुबै खुट्टामा चोटलागेकाे र अबस्था मध्यम रहेकाे प्रहरीले जनाएकाे छ ।

बस र चालक स्याङ्जा वालिङ न.पा. १३ गोजीभन्ज्याङ बस्ने बर्ष ३६ को रमेश थापा प्रहरीको नियन्त्रणमामा रहेकाे र थप अनुसन्धान जारीरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति: बुधबार, पुस ९, २०७६  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update