Erani Mahal
पाल्पाको सहलकाेटमा ट्याक्टर दुर्घटना : ३ जना घाइते
Trackter-Accident

पाल्पा– जिल्लाको सहलकोटमा ट्याक्टर र तानसेनमा कार दुर्घटना भएको छ । मंगलवार भएको छुट्टाछुट्टै दुर्घटनामा ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । निस्दी गापा.वडा न.२ सहलकोट सेयरडाँडा स्थित सहलकोटबाट रामपुर तर्फ आउदै गरेको लु ३ त ७४५५ न.को ट्याक्टर ओरालोबाटोमा ब्रेक फेल दुर्घटना भएको थियो । ट्याक्टर सडकबाट अन्दाजी ४ सय मिटर तल पल्टन जाँदा तीन जना घाइते भएका हुन् ।

समाचार प्रतिनिधि तस्विर गुगल ।


घाइतेको रामपुर अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि मनिपाल अस्पताल पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते हुनेहरुमा ट्याक्टर चालक पाल्पा रामपुर न.पा. ६ तिलपुर बस्ने बर्ष २४ को अनिल कुमाल, सहचालक २६ वर्षकोे बिजय कुमाल र ट्रयाक्टरमा लेबर काम गर्ने बर्ष १६ को केशव कुमाल रहेको प्रहरीले जनाएको छ । घाइतेको टाउको, हात र खुट्टामा चोट लागेको छ ।


तानसेनमा कारको ठक्करले रेश्मी घाइते
यस्तै तानसेन ७ देवकोटाचोक नजिकै कारको ठक्करले एक जना घाइते भएका छन् । बा २१ च ३०५८ नम्बरको कारले बाटोको साइडमा बसेका अन्दाजी ३२ वर्षका तानसेन ७ का शिव रेश्मीलाई ठक्कर दिदा रेश्मी घाइते हुनुभएको छ ।

रेश्मीको लुम्बिनी मेडिकल कलेजमा उपचारको लागि पठाइएको र कार चालक मिलन पराजुलीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: बुधबार, पुस ९, २०७६  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update