Erani Mahal
सेन माविमा विव्यसकाे चुनाव : तिमिल्सेनाकाे प्यानल बिजयी
81540764_2482842635313648_8590758508461293568_n

पाल्पा – सेन माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनावमा कमलराज तिमिल्सेनाको प्यानलले जीत हात परेको छ । मंगलबार व्यवस्थापन समितिको ४ जना पदाधिकारीका लागि भएको चुनावमा मीना पन्थीको समूहलाई पराजित गरेर तिमिल्सेनाको प्यानलले जीत हात पारेको हो ।

तिमिल्सेनाले १०९ मत प्राप्त गर्नुभएको छ । २१८ जनाले मतदाता रहेकोमा १५० मतदाता मात्र सहभागी थिए । तिमिल्सेनाले नेकपा समर्थकको समर्थन पाउनुभएको थियो । यस्तै नेपाली कांग्रेसको समर्थन पाउनुभएका मीना पन्थीले भने ३८ मतमात्र पाउनुभएको छ ।

तिमिल्सेनाको समूहबाट निर्वाचित हुनुभएका कुम्भ सिं रानाले १०८ मत, डिलाकुमारी खातीले १०८ मत र पवित्रा विकले १०६ मत पाउनुभएको छ । पन्थीको प्यानलबाट चुनाव लड्नुभएका भेजराज न्यौपानेले ३५ मत, बिजुला सुनारले ३६ मत र खुमकान्त भुसालले ३५ मत प्राप्त गरेको व्यवस्थापन समिति छनौट तथा सहयोग समितिका संयोजक एवं तानसेन नगरपालिकाका शिक्षा शाखा प्रमुख रेशमलाल न्यौपानेले जानकारी दिनुभयो ।

तस्विर : गुँरास आत्रेयकाे फेसबुक पेजबाट ।

शिक्षा नियमावली अनुसार विद्यालय गठनका लागि पहिलो चरणमा ४ जना अभिभावकबाट चयन हुनुपर्ने प्राबधान छ । त्यसपछि शिक्षक प्रतिनिधि र प्रधानाध्यापकको बैकले शिक्षा विद्, चन्दादाता, शिक्षा प्रेमीबाट दुई जना मनोनित गर्ने व्यवस्था छ । यस्तै विद्यालय भएको वडाबाट वडाअध्यक्ष पदेन सदस्यको रुपमा रहने व्यवस्था छ । नौँ जनाको समितिले नै अध्यक्षको चयन गर्ने नियमावलीमा व्यवस्था रहेको तानपाका शिक्षा शाखा प्रमुख न्यौपानले जानकारी दिनुभयो ।

पछिल्लो तीन वर्षयता विद्यालय व्यवस्थापन समितिका लागि भनेर जिल्लाका कुनैपनि विद्यालयमा मतदान भएको थिएन । यहाँका अभिभावकले भने सेन माविको खस्कदैँ गएको शैक्षिक शाख उठाउन मतदानमा सहभागी भएपनि विद्यालयको शाख बढ्छ की घट्छ अनुमान गर्न नसकेको बताएका छन् ।

डेढ दशकअघि सेन मावि जिल्लाकै उत्कृष्ठ विद्यालयमध्ये एक थियो तर राजनीतिक खिचातानी र विगतका नेतृत्वका कारण सेन मावि छायामा पर्दै गएको अभिभावकको भनाई छ ।
मतदानमा सहभागी हुन आएका अभिभावकले शिक्षक र व्यवस्थापन समितिले राजनीति भन्दा माथि उठेर विद्यालयको शैक्षिक गुणस्तर बृद्धिमा लाग्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति: बुधबार, पुस ९, २०७६  ०६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update