Erani Mahal
देवीनगरका विभिन्न विकासे याेजना सम्पन्न
llll

पाल्पा - पूर्वखाेला गाउँपालिका वडा नम्बर ४ देवीनगरमा रहेको मातृभुमि माविकाे खेल मैदान कम्पाउण्डकाे पर्खाल निर्माण सम्पन्न भएको छ। आर्थिक वर्ष २०७६/०७७ काे याेजनाबाट देवीनगर वडा कार्यालयबाट ७ लाख बजेट विनियोजन गरेको थियाे ।

७ लाख बजेटबाट ४ काेटे पक्की भवनको अगाडि पछाडि १० मिटर लम्बाई ५ मिटर चाैडाइ पर्खाल लगाएको हाे। पर्खाल निर्माण भए पछि विद्यार्थीहरुलाइ खेल्न खेलमैदान, नयाँ भवनकाे पछाडि पहिरो आउने समस्या नभएको विद्दालयका प्रअ मेहरमान थापाले बताउनुभयो ।

त्यस्तै बाेहाेरिथाेक खानेपानी टङ्की निर्माण पनि सकिएको छ । टङ्की निर्माणकाे लागि वडा कार्यालयबाट १ लाख बजेट स्थानीयकाे ४० हजार बराबरको जनक्ष्रमदान गरी १ लाख ४० हजार बराबरको खर्चमा ३ हजार लिटरको टङ्की निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष लाल बा दर्लामिले बताउनुभयो ।

टङ्की निर्माण भएकोले चैत बैशाख महिनामा पानी समस्या नहुने उक्त खानेपानी याेजनाबाट देविनगर केराैलिका १८ घर माथागढि झडेवाका ६ घरधुरी प्रत्यक्ष लाभान्वित हुने छन् ।याेजनाकाे स्थलगत निरीक्षण गर्नुहुँदै देविनगरका वडा अध्यक्ष रिम प्रसाद श्रेष्ठले प्रविधिक स्टेटमेन्ट अनुसार समयमै याेजना पूरा गरेकोमा उपभोक्ता समुहलाइ धन्यवाद दिदै बजेट फरफारक गर्न सहयोग गर्ने बताउनुभयो ।

प्रकाशित मिति: मंगलबार, पुस ८, २०७६  १९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update