Erani Mahal
तिनाउँ कचलको ज्ञानोदय माविमा अभिभावक शिक्षा कार्यक्रम
kachal

पाल्पा– तिनाउँ गाउँपालिका वडा नं. १ कचलमा रहेको ज्ञानोदय माविमा अभिभावक शिक्षा प्रदान गरिएको छ ।


गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा घर्तीले बालबालिका भनेको समाज परिर्वतनका संवाहक भएकोले तिनीहरुलाई शिक्षा पनि सोही अनुसारको दिनुपर्ने बताउनुभयो । उहाँले विद्यालयको शैक्षिक विकासमा शिक्षक र अभिभावकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।


अभिभावक शिक्षाबारेमा शिक्षा अधिकृत लक्ष्मी कुँवर र शिक्षा शाखाका कृष्ण ज्ञवालीले सहजिकरण गर्नुभएको छ । कार्यक्रममा तिनाउँ गाउँपालिकाका उपाध्यक्ष दमयन्ती थापा, प्रवक्ता राजेश श्रेष्ठ, वडा अध्यक्ष रोमबहादुर लम्तरी, प्रेम श्रेष्ठ, जनजाती समन्वय समितिका अध्यक्ष रेवन्त छहरी, वडा सदस्य देउबहादुर पुन लगायतले आफ्ना भनाईहरु राख्नुभएको थियो ।


अभिभावक भेलाले भुवन चिदीको अध्यक्षतामा नयाँ व्यवस्थापन समितिको गठन गरेको छ । त्यस्तै धनबहादुर घर्तीको अध्यक्षतामा ९ सदस्यीय शिक्षक अभिभावक संघको गठन गरेको छ । भेलाको अध्यक्षता शिक्षा अधिकृत लक्ष्मी कुँवरले र संचालन शिक्षक खुमबहादुर चिदीले गर्नुभएको थियो ।

प्रकाशित मिति: मंगलबार, पुस ८, २०७६  १९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update