Erani Mahal
बगनासकालीका २९७ जनाले अपाङ्गता परिचयपत्र पाए
nnnn

पाल्पा - बगनासकाली गाउँपालिकाले अपाङ्गता भएकाहरूलाई परिचयपत्र वितरण गरेकाे छ । गाउँपालिकाभित्रका सबै नाैँ वटै वडामा संचालन गरिएकाे शिविरमा २९७ जनाले परिचयपत्र पाएका छन् । अपाङ्गता भएका व्यक्तिहरूले परिचयपत्र नपाएकाे गुनासाे र उनीहरूलाई राज्यले प्रदान गरेकाे सुबिधा सहज रूपमा उपलब्ध गराउन शिविर संचालन गरिएकाे हाे ।

तस्विर : सुन्दर श्रेष्ठकाे फेसबुकबाट ।

शिविर दुइ सातासम्म संचालन गरिएकाे र गाउँपालिकाभित्रका अपाङ्गता भएका व्यक्तिलाइ परिचयपत्र प्रदान गरिएकाे गाउँपालिकाका अध्यक्ष सुन्दरप्रसाद श्रेष्ठले बताउनुभयाे । शिविरमा गाउँपालिकाका कर्मचारी, पाल्पा अस्पतालका मेसु डा. पुष्प ज्ञवाली, सिबिआर पाल्पाका कृष्ण गहतराज, गाउँपालिकाका जनप्रतिनिधि लगायतकाे सहभागिता रहेकाे थियाे ।

तस्विर : सुन्दर श्रेष्ठकाे फेसबुकबाट ।

अपाङ्ग र अशक्तहरूलाई घर-घरमै पुगेर स्वास्थ्य परीक्षण गरेर चिकित्सककाे सिफारिसका आधारमा परिचयपत्र वितरण गरिएकाे हाे । शिविरमा जनप्रतिनिधि, कर्मचारी सहितकाे टाेली खटेकाे थियाे । परिचयपत्र पाएपछि अपाङ्गता भएका व्यक्तिहरू खुसी भएका छन् । लामाे समयदेखि परिचयपत्र नपाउँदा आफूहरू राज्यले प्रदान गर्दै आएकाे विभिन्न सुबिधा प्राप्त गर्नबाट बञ्चित भएकाे उनीहरूले बताएका थिए ।

तस्विर : सुन्दर श्रेष्ठकाे फेसबुकबाट ।
प्रकाशित मिति: सोमबार, पुस ७, २०७६  २०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update