Erani Mahal
पाल्पाकाे दाेभानबाट लागुऔषध सहित १ जना युवक पक्राउ
uu

पाल्पा – जिल्लाको तिनाउ गाउँपालिका–३, दोभानमा एक जना युवा लागुऔषध सहित पक्राउ परेका छन् । दोभान प्रहरी चौकीले बुटवल हुँदै पोखरातर्फ जाँदै गरेको हाइस गाडी चेकजाँच गर्ने क्रममा बाग्लुङ् नगरपालिका–१० बस्ने १९ वर्षका विवस मल्ल लागु औषध सहित पक्राउ परेका हुन् ।


मल्लको साथबाट डाइजोपाम ७ वटा, नुफिन ७ वटा, फेनेरागन ७ वटा र २ एमएल सिसी समेत बरामद गरिएको दोभान प्रहरी चौकीका प्रहरी नायव निरीक्षक बालबहादुर घर्तीमगरले जानकारी दिनुभयो ।

लागुऔषध सहित पक्राउ परेका युबक ।


मल्ललाई अहिले हिरासतमा राखेर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ । प्रहरीले एक साताअघि पनि दोभानको झुम्सा क्षेत्रबाट लागुऔषध सहित दुई जना युवकलाई पक्राउ गरेको थियो । पछिल्लो समय सिद्धार्थ राजमार्गबाट पोखरा, गुल्मी, अर्घाखाँची, स्याङ्जातर्फ लागुऔषध कारोबारी गर्ने र यसको सेवन गर्ने मानिस पक्राउ पर्न थालेका छन् ।

बरामद गरिएकाे लागुऔषाध । तस्विर : जिप्रका, पाल्पा ।
प्रकाशित मिति: आइतबार, पुस ६, २०७६  २०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update