Erani Mahal
पाल्पाकाे विभिन्न स्थानबाट बरामद् रक्सी ढलमा बगाइयाे
rak

पाल्पा - जिल्लाकाे विभिन्न स्थानबाट बरामद गरिएकाे घरेलु मदिरा प्रहरीले ढलमा बगाएकाे छ । पाल्पाकाे बगनासकाली, तिनाउ, तानसेन लगायतका स्थानबाट लुकीछिपी बिक्रीका लागि ल्याइएका घरेलु मदिरा प्रहरीले नियन्त्रणमा लिएकाे थियाे । पत्रकार, प्रहरी, नागरिक समाजकाे राेहबरमा रक्सी ढलमा बगाइएकाे हाे ।

पटक-पटक सचेत गराउँदा समेत गाडीमै राखेर बिक्री गर्न ल्याएका १९० लिटर घरेलु रक्सी बरामद गरिएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ । घरेलु मदिरा बिक्री तथा उत्पादन गैरकानुनी भनेर प्रहरीले विभिन्न स्थानमा सचेतना कार्यक्रम गर्दै आएकाे छ । यद्यपी घरेलु मदिरा बिक्री वितरण भने राेकिएकाे छैन ।

प्रहरीले हरेक वर्ष सयाैँ लिटर घरेलु मदिरा बरामद गरी नष्ट गर्दै आएकाे छ । घरेलु मदिरा बिक्री र उत्पादन गर्नेलाइ समेत प्रहरीले सचेत बनाउँदै आएकाे छ । तर अहिले पनि लुकिछिपी उत्पादन र बिक्री नराेकिएकाे प्रहरीकाे दावी छ ।

तानसेनमा अहिलेपनि बगनासकाली गाउँपालिकाका विभिन्न स्थानबाट सयाैँ लिटर मदिरा तानसेन बजारमा भित्रिने गरेकाे छ । तानसेन बजारका हाेटलहरूमा अहिले पनि छ्यापछ्याप्ती घरेलु मदिरा पाइन्छ । यस्तै तानसेन बजारभित्र पनि लुकिछिपी मदिरा उत्पादन भइरहेकाे स्राेतले जनाएकाे छ । यस्तै तिनाउका विभिन्न स्थानबाट बुटवल समेत घरेलु मदिरा निकासी हुने गरेकाे छ ।

प्रकाशित मिति: आइतबार, पुस ६, २०७६  २०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update