Erani Mahal
पाल्पाका सांसद रानाको ५ करोडको पूर्वाधार बजेट विनियोजन
IMG_0848

पाल्पा– पाल्पा निर्वाचन क्षेत्र नं. १ का सांसद दलबहादुर रानाले सांसद पूर्वाधार विकासकोषको पाँच करोड रुपैंया विनियोजन गर्नुभएको छ ।


आफ्नो निर्वाचन क्षेत्रभित्रमा रहेका विभिन्न योजनाहरुलाई सांसद रानाले सहयोग गर्नुभएको छ । स्थानीय पूर्बाधार बिकास साझेदारी कार्यक्रम (सांसद कोष) का लागि गठित समितिो सिmारिसको आधारमा सांसद रानाले उक्त रकम विनियोजन गरेको रानीमहललाई बताउनुभयो । उहाँले विनियोजित रकमको सहिरुपमा कार्यान्वयन गराउनको लागि आफूले निरन्तर अनुगमन र मूल्यांकन समेत गर्ने बताउनुभयो । उहाँले आफ्नो चुनावी प्रतिवद्धता र स्थानीय जनताको मागको आधारमा योजना विनियोजन गरिएकोले आवश्क सल्लाह, सुझाव, सहयोग र अबलोकन गर्न सबैमा आग्रह गर्नुभएको छ ।


सांसद रानाद्वारा विनियोजित रकममा तिनाउ गाउँपालिका ५ मा रहेको चर्चरे मरामकोट मोटरबाटोको लागि स्तरोन्नति गर्न १५ लाख, तानपा ८ गुन्द्रीखोल्सादेखि शारदा माबि सारेम मदनपोखराको बाटो पिच गर्न ७४ लाख, माथागढी ४ गढबासा मनसेबा कुम्भी मोटरबाटोको लागि १० लाख विनियोजन गर्नुभएको छ ।


माथागढीकै वडा नं. ३÷४ सराई सिकारकोट हर्नेटार सडक ट्रयाक खोल्नको लागि ५०लाख, रम्भा गापा २ बेलौजा सेजु खोलाखेत पन्टार मोटरबाटोको लागि १० लाख, रम्भा ४ घ्याङ्गसिंपोखरा धाम आर्गीडाँडा व्याधी सडकका लागि २० लाख, रम्भा ५ सतिढुंगा ताहूलिफ्ट खानेपानी आयोजनाको लागि ३० लाख बाँडफाँड गरिएको छ ।


यस्तै पूर्व खोला गाउँपालिका ४ देविनगर वडाभवन निर्माणका लागि २० लाख, पूर्वखोला ३ रिङ्नेरह ढाक्रेबास सिलुवा मोटर बाटोमा ५४ लाख, उद्बुद्ध माविको अधुरो भवन सम्पन्न गर्न १० लाख विनियोजन भएको छ ।

निस्दी गाउँपालिका ५ ढुङ्गानाबेसी बजारको सडक कालोपत्रे गर्न ६४ लाख, अर्चले लेकडाडा पर्यटकीय गोल घर १० लाख, वडा नं. ४ ( लाबेदमार जलुके घाट सडक स्तरोन्नती गर्न ३० लाख, झिरुवासमा खेल मैदान निर्माणको लागि १५ लाख, रामपुर नपा ६ को गैटार सामुदायिक भवन बनाउन १० लाख, खोप्टार रजघरा मोटरबाटोको नाली तथा स्तरोन्नती गर्न ५४ लाख, गेझा टोक्से पलेङ मोटरबाटो निर्माणका लागि ट्य्राक खोल्न २० लाख, जन शान्ति माविको सभाहल निर्माणका लागि क्रमागत २० लाख, खालिवन देउराली विधुत फलामे पोलको लागि १० लाख विनियोजन भएको छ ।


रामपुर ७ किसनबारी मोहटी सर्पराज बिक्रम्दी मोटरबाटो निर्माणको लागि १५ लाख, भालुआंप बसपार्क निर्माण गर्न १४ लाख, बर्दाकोट सामुदायिक पाहुना घर १५ लाख, पन्थे बर्दाकोट मोटरबाटोको स्तरोन्नती गर्न १४ लाख ६० हजार, साखर्दी सामुदायिक भबन निर्माण १० लाख गरी पाँच करोड बराबरको पूर्वाधार विकासका लागि बजेट विनयोजन भएको सांसद रानाले रानीमहलाई बताउनुभयो ।


पूर्व भूमिसुधार मन्त्री समेत रहनु भएका सांसद रानाले पूर्वी क्षेत्रको विकासमा आफ्नो सहयोग सदैव रहने बताउनुभयो । उहाँले जनताको सुखः दुःखमा आफूले सदैव सहयोग गर्ने प्रतिवद्धता अनुसार स्थानीयको मागको आधारमा योजनाहरु विनियोजन गरिएको बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, पुस ५, २०७६  १९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update