Erani Mahal
पूर्वखोलाको साठीकोलमा मोटरबाटो पुगेपछि स्थानीय उत्साही
ad-2

पाल्पा– पूर्वखोला गाउँपालिकाको वडा नं. २ साठिकोल गाउँमा मोटरबाटो पुगेपछि स्थानीयहरु उत्साही भएका छन् । पूर्वखोला गाउपालिका २ साठिकोलमा मोटरबाटो पहुज पुगे पछि पर्यटकीय विकास गर्न सकिने स्थानीयहरु बताउँछन् ।


साठिकोलमा आधारभूत तहको शिक्षासँगै विद्युत पुगेपनि मोटरबाटो भने पुगेको थिएन गत वर्ष र अहिले ५०÷५० लाख गरेर एक करोडको लागतमा गाउँसम्म मोटरबाटो पुग्न सफल भएको हो ।
यो गाउँ गाउपालिकाको केन्द्र रिङ्नेरहबाट हिँडेर उकालो बाटोमा २ घण्टामा यहाँ पुग्न सकिन्छ, गाउँपालिका केन्द्र नजिकै भएपनि यहाँ अहिलेसम्म मोटरबाटोको पहुँच पुगेको थिएन । यहाँबाट वडा कार्यालय जल्पा पुग्न पनि २ घण्टा भन्दा बढी नै लाग्छ अग्ला अग्ला पहाड हुँदै पहाडको खोचमा गाउँ रहेकाले मोटर बाटो पुर्याउन कठिन र धेरै समय लागेको वडा अध्यक्ष नीर बहादुर सारुले बताउनु भयो ।


गाउँपालिकाबाट २५ लाख र वडा कार्यालय बाट २५ लाख गरी ५० लाख र प्रदेश सरकारबाट ५० लाख गरेर एक करोडबराबरको रकम बिनियोजित गरिएपछि मोटरबाटो सम्पन्न भएको अध्यक्ष सारुले बताउनुभयो ।


वडा सदस्य बल बहादुर ठाडाले गाउँपालिकाको र प्रदेश सरकारको सहयोगमा बनेको मोटरबाटोसँगै स्थानीयहरुको आयआर्जनका काममा समेत सहयोग पुग्ने बताउनुभयो । बाटो निर्माण भएसँगै स्थानीयको कृषि उपजले बजार पाउने, यातायातको पहुँचको वृद्धि हुने भएकाले स्थानीयहरु उत्साहित भएको उपभोक्ता समितिका अध्यक्ष दान बहादुर ठाडाले बताउनुभयो ।


शिक्षक होमबहादुर ठाडाका अनुसार स्थानीयले लगाएको अम्रिसोले समेत राम्रो बजार पाउने मोटरबाटोले वडा कार्यालय र गाउँपालिका तथा सदरमुकाम तानसेनजान सहज बनाएको बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, पुस ५, २०७६  १८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update