Erani Mahal
तीन घटनामा १ जनाकाे मृत्यु २ जना घाइते
death-1516186933-1525157925

पाल्पा – जिल्लाको विभिन्न स्थानमा घटेका घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्लाको निस्दी गाउँपालिका–४, आमाडाँडामा रुखबाट लडी स्थानीय बासिन्दा २६ वर्षका ओमबहादुर गाहामगर गम्भीर घाइते हुनुभएको छ ।

घरनजिकै घाँस काट्न जानुभएका गाहा रुखबाट लडेर गम्भीर घाइते भएको र उहाँको तानसेनस्थित मिसन अस्पतामा उपचार भईरहेको छ । उहाँको अवस्था गम्भीर रहेको बताइएको छ ।

यस्तै बगनासकाली गाउँपालिका–९, चिलाङ्दी भाङ्ज्याङ्स्थित गोरेटो मुनि एक जना पहिचान नखुलेको व्यक्ति मृत फेला परेका छन् । अन्जादी ४०/४५ वर्षको पुरुषको शब फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिनुभयो ।

यस्तै जिल्लाको पूर्वखोला गाउँपालिका–१, कोइनपानी बस्ने तामाकुमारी पंगेनीको गोठमा अचानक आगगाली हुँदा तामाकुमारी घाइते हुनुभएको छ । उहाँको कपाल र हात जलेको अवस्था छ । अहिले पंगेनीको गाउँमै उपचार भईरहेको छ । गोठमा सामान्य क्षति भएको छ भने भैँसी समेत घाइते भएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस ४, २०७६  २०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update