Erani Mahal
पाल्पामा हावाबाट निकालिएकाे बिजलुीले १ सय ५० घर उज्यालाे
79814134_443614409876372_7601635249658789888_n

पाल्पा - धेरैले हावाबाट बिजुली निकाल्ने हावा गफ भने पनि पाल्पाकाे मित्यालमा भने हावाबाट निकालिएकाे बिजुलीबाट एक सय ५० घरधुरीमा बिजुली बलेकाे छ । निस्दी गाउँपालिका मित्यालमा दोस्रो पटक फेरि पनि हावाबाट बिजुली बल्न सफल भएको हाे। यसअघि निस्दी गाउँपालिकाकाे एउटा वडामा हावाबाट निकालिएकाे बिजुली प्रयाेग भएकाे थियाे ।

हावाबाट गाउँघर झिलीमिली बनेपछि यहाँका स्थानीय बासिन्दा दंग छन् । मित्यालको रुक्सेभन्ज्याङ डाँडामा दुई वटा पंखा घुमाएर उत्पादन गरेको बिजुली यहाँका १ सय ५० घरधुरी र गाउँपालिका भित्र रहेका विभिन्न सरकारी कार्यालय र विद्यालयहरू उज्याँलाे बनेकाे छ ।

वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र नेपाल र निस्दी गाउँपालिका पाल्पाको करिब २ करोड १५ लाखको संयुक्त लगानीमा बिजुली उत्पादन गरेको मित्याल सौर्य तथा वायु उर्जा उपभोक्त समितिका अध्यक्ष भुपिन्द्र सुनारीले बताउनुभयो ।

अहिले उत्पादन गरेको बिजुली मित्यालका झ्यालतुङ , रुक्सेभन्ज्याङ , काफल , मौलाथर , मित्याल बजार र विभिन्न कार्यालयहरुमा वितरण गर्दै आएको र आगामी दिनमा थप उत्पादन गर्दै यहाँका स्थानीयलाई सुबिधा दिने गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभयो । हावाबाट १५ किलोवाट र वायु तथा सौर्य उर्जा हाइवृद प्रणालीको १० किलोवाट गरि २५ किलोवाट क्षमताको विद्धुत उत्पादन गरेको निर्माण कम्पनी कृष्ण गृल एण्ड इन्जिनियरिङ वर्क प्रालि विराटनगरका योगेन्द्र बरालले बताउनुभयो ।

अहिले बिहान ४ बजेदेखी बेलुका १० बजेसम्म पावर वितरण गरेको र निकट दिनमै २४ सै घण्टा वितरण गर्ने समितिका उपाध्यक्ष जबर सिं सारुले बताउनुभयो । २५ किलोवाट क्षमताको हावाबाट उत्पादन गरेको बिजुली बल्न थालेपछि स्थानीय त त्यसै खुशी भएका छन अन्य कार्यालय संचालन गर्न पनि धेरै सजिलो भएको गौरीशंकर माविका प्रधानाध्यापक केश बहादुर सुनारीले खुशी व्यक्त गर्नुभयो। यसभन्दा १ बर्ष अगाडि १ हजार २ सय वाट क्षमताको हावाबाट उत्पादन गरेर चर्चमा आएको मित्याल अहिले थप चर्चमा आउने र धेरै ठाउँका मान्छेहरु हेर्न आउने गरेको स्थानीय समाजसेवी सन्तविर सुनारीले बताउनुभयो ।

झिरुबासको काउले डाँडा र मित्यालको हावाको बिजुलीले चर्चमा रहेको निस्दी गाउँपालिका पर्यटन प्रवर्द्धनमा लागिपरेको देखिन्छ ।

प्रकाशित मिति: शुक्रबार, पुस ४, २०७६  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update