Erani Mahal
शिक्षा नीति र दरबन्दी मिलान सम्बन्धी अन्तरक्रिया कार्यक्रम
80715268_489073628480712_3077814276308598784_n

पाल्पा – सामुदायिक विद्यालय शैक्षिक संजालको आयोजनामा शिक्षा नीति र दरबन्दी मिलान सम्बन्धी शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न वक्ताहरुले शिक्षा नीति र सरकारले हालै कायम गरेको दरबन्दीका सन्दर्भमा धारणा राखेका थिए ।

कार्यक्रममा सहभागीहरुले सरकारले अहिलेसम्म शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्ने उद्देश्यले दरबन्दी मिलान गर्न खोजेको बताएका थिए । उनीहरुले विद्यालय संख्या कम भएका विद्यालय मर्ज गर्नुपर्ने, शिक्षक आफ्नो पेशाप्रति उत्तरदायी हुनुपर्ने, सरकारले शिक्षा नीति स्पष्ट पार्नुपर्ने, दोहोर नीति त्याग गर्नुपर्ने सुझाव राखेका थिए ।

कार्यक्रममा प्रदेश सभा सदस्यहरू पुरनमान बज्राचार्य, वीरबहादुर रानाले शिक्षा क्षेत्र सुधार गर्न सबै लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा शैक्षिक तालिम केन्द्र, पाल्पाका प्रशिक्षक गोपालप्रसाद बस्यालले वार्तापत्र प्रस्तुत गर्नुभएको थियो भने पूर्व विद्यालय निरीक्षक मीनप्रसाद ढकाल र त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका उपप्राध्यापक शंकर गैरेले टिप्पणी गर्नुभएको थियो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख रमेशराज पौडेल, राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी, राप्रपा प्रजातान्त्रिकका केन्द्रीय सदस्य डुलबहादुर कुँवर, शिक्षक संगठनका अध्यक्ष रामप्रसाद ढकाल, संघसंगठनका प्रतिनिधि, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्याल लगायतले धारणा राख्नुभएको थियो । कार्यक्रम संजालका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षता र सविच तीर्थप्रसाद गौतमको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस ३, २०७६  २०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update