Erani Mahal
तानसेनकाे सडकमै 'खाना महाेत्सव' हुने
IMG_8571

पाल्पा – तानसेनकाे बिशालबाजार टोल विकास संस्थाको आयोजनामा शुक्रबार सडक खाना महोत्सव हुने भएको छ । तानसेनमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले सडक खाना महोत्सव हुन लागेको हो ।

स्थानीय नेवारी, मगरी, बाह्मण, मुस्लिम समुदायका प्रचलित खाना तथा परिकारहरु सडक महोत्सवमा राखिनेछ । सडक खाना महोत्सवका लागि स्टल बुकिङ् र थप तयारी भईरहेको छ । विभिन्न समुदायका भेषभूषासहित सडकमै विभिन्न खानाका परिकार खान र स्वाद लिन पाइने व्यवस्था गरिएको आयोजक दमयन्ती बजीमयले जानकारी दिनुभयो ।

फाइल तस्विर : तानसेनकाे भीमसेनटाेलमा केही वर्ष अघि भएकाे सडक खाना महाेत्सवकाे तस्विर ।

स्थानीय समुदायका रहेको प्रचलित खाना तथा परिकारको प्रचारप्रसार एवं संस्कृति संरक्षणका लागि सडक खाना महोत्सवको आयोजना गरिएको तानसेन–४, का वडा सदस्य गणेश थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बुधबार, पुस २, २०७६  २०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update