Erani Mahal
जनशान्ति माध्यमिक विद्यालयकाे ६० औं वार्षिकाेत्सव सम्पन्न
yy

पाल्पा - जनशान्ति माध्यमिक विद्यालय रामपुर नगारपालिका -९ अर्बािसंङ्ले ६० औं वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रुपले सम्पन गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश -५ का सामसद युवराज खनालले विद्यालय शौक्षिक क्षेत्रमा धरोहर रहेकाले यस क्षेत्रको विकासमा विद्यालयले महत्वपूर्ण भूमिका खेलेकाे बताउनुभयाे ।

विद्यालयले कक्षा १ र २ सम्ममा अग्रेंजी माध्यम पनि पठनपाठन गरेकाे भन्दै उहाँले अब अंग्रेजी खाेज्दै बाेर्डिङ् जान नपर्ने बताउँदै यसले बसाइसराइलाइ न्युनीकरण गर्ने बताउनुभयाे । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ढक बहादुर सिंजालीले ८० लाख बराबरको आयव्याय प्रस्तुत गर्नुभयाे । उहाँले ३०५ जाना विद्यार्थी अध्ययनरत रहेकाे र २२ जाना शिक्षक कर्मचारि कार्यरत रहेको बताउनुभयाे ।

कार्यक्रममा शिक्षा, विकास तथा समन्वय इकाइ, पाल्पाका प्रमुख रेशमराज पौडेलले विद्यालयकाे नतिजा सुधार गर्दै अघि बढ्न आग्रह गर्नुभयाे । कार्यक्रममा रामपुर नगरपालिका -९ वडा अध्यक्ष इक्षाराम सिंजाली, प्रगतिशिल प्राथमिक विद्यालयका प्रअ नेत्र बहादुर गाहा लगायतले शुभकामना दिनुभयाे ।

कार्यक्रममा एसइइमा 'बि' र 'बिप्लस' ल्याउने बिध्यार्थीहरुलाइ सम्मान तथा छात्रवृत्ति समेत प्गरदान गरिएकाे थियाे । साे अवसरमा वडास्तरीय भलिबल समेत भएकाे थियाे । भेलिबलमा खेलमा प्रथम चापकोट दामचौर, द्धितिय रम्भा बोरमसे, तृतिय पूर्वखोला हेक्लाङ भएकाे थियाे ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष पूर्ण बहादुर चौहानको अध्यक्षता, शिक्षिका शिव माया खनालको स्वागत र शिक्षक दुर्गा बहादुर चौहानको संचालनमा भएकाे थियाे ।

प्रकाशित मिति: बुधबार, पुस २, २०७६  १९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update