X
60
Shares

तानसेनकाे हाेलाङ्दीमा बस जुध्दा १३ जना यात्रु घाइते

रानीमहल संवाददाता || २ पुष २०७६,बुधबार १८:३५

पाल्पा – तानसेनको होलाङ्दीमा दुई वटा बस आपसमा ठोक्किदा १३ जना घाइते भएका छन् । बुटवलबाट तानसेनतर्फ आइरहेको लु १ ख ११७६ नम्बरको बस र बिपरीत दिशाबाट आइरहेको लु १ ख ८४२७ नम्बरको बस आपसमा ठोक्किदा १३ जना यात्रु घाइते भएका हुन् ।

घाइतेहरुको अवस्था मध्यम् र सामान्य छ । उनीहरुको उपचार तानसेनप्रभासस्थित लुम्विनी मेडिकल कलेजमा भईरहेको छ । घटना बुधबार बेलुकी साढे ४ बजे भएकाे प्रहरीले जनाएकाे छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकाेटाले जानकारी दिनुभयाे ।

घाइतेहरुको विवरण :-

तस्विर : मनिषा जिएमकाे फेसबुकबाट ।
तस्विर : मनिषा जिएमकाे फेसबुकबाट ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys