Erani Mahal
तिनाउँ कचलकाे दुर्गम गाउँ  रितुंग र ठाडेमा बाख्रापालन तालिम
80313967_2312693368951376_8774458133771714560_n

पाल्पा, कचलकाृ रितुंग र ठाडे गाउँमा बाख्रापालन तालिम सम्पन्न भएको छ । ३५ घरधुरीका बाख्रापालक किसानलाई दुई दिने बाख्रापालन सम्बन्धि तालिम दिइएको हो ।

तिनाउँ गाउँपालिकाको आर्थिक सहयोगमा भएको हो । गाउँपालिकाका प्रमुख ओमबहादुर घर्तीले गाउँपालिकाको दुर्गमगाउँमा संचालन गरिएको तालिमले व्यवसायिक रुपमा लाग्न सहयोग पुग्ने बताउनुभयो ।

उहाँले गाउँपालिकाले उत्पादन वृद्धि गर्न र आय आर्जन विकासका लागि अनुदान र प्राविधिक सहयोग गर्ने बताउनुभयो । तालिममा बाख्रामा लाग्ने रोग, उपचार, खोर व्यवस्थापन, बजार व्यवस्थापन लगायतका विषयमा गाउँपालिकाका पशु चिकित्सक हरी सुवेदीले सहजीकरण गर्नुभएको थियो ।


तालिम समापनमा गाउँपालिकाका नासु शिव आत्रेय, इन्जिनियर सुमन नेपाल, वडा सचिव हरीपौडेल लगायतले तालिमको औचित्यका बारेमा बोल्नु भएको थियो । वडा अध्यक्ष रोमबहादुर लम्तरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिव आत्रेयले गर्नुभएको थियो ।

प्रकाशित मिति: मंगलबार, पुस १, २०७६  २०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update