Erani Mahal
कमला प्राथमिक विद्यालयको वार्षिकोत्सव सम्पन्न
h

पाल्पा - कमला प्राथमिक विद्यालय निस्दी-६,रनगुवा, पाल्पाको २९ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिल बहादुर बयम्बुको अध्यक्षतामा चलेको कार्यक्रमका प्रमुख अतिथि निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले, पाल्पाका अध्यक्ष मेख बहादुर सुनारी रहनुभएको थियाे ।

कार्यक्रम बोल्दै प्रमुख अतिथि सुनारीले गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको बताउदै शिक्षक,व्यवस्थापन समिति र अभिभावकहरुकाे संयुक्त पहलमा नमूना विद्यालय बन्ने बताउनुभयाे ।

कार्यक्रममा गोरखनाथ माध्यमिक विद्यालय अर्चलेका सहायक प्रधानाध्यापक लाल बहादुर बयम्बु, अतिरिक्त हुलाक अर्चलेका प्रमुख तोल बहादुर राई लगायतका अतिथिहरूले विद्यालयलाइ प्रगतिको शुभकामना दिनुभएकाे थियो ।

विद्यालयका प्रधानाध्यापक हेम बहादुर सुनारीले आर्थिक वर्ष २०७५/०७६ को करीब २० लाख ४० हजार बराबरको आर्थिक तथा प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । २०४७ सालमा स्थापना भएको विद्यालयमा जम्मा ४३ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

कार्यक्रममा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा राम्रो गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो । विद्यालयका शिक्षक टुकि सरा बरालको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सन्चालन शिक्षक लिलाराम राईले गर्नुभएको हो ।

प्रकाशित मिति: मंगलबार, पुस १, २०७६  १८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update