Erani Mahal
पाल्पाकाे १० स्थानीय तहमा शिक्षक दरबन्दी कहाँ बढ्ने, कहाँ घट्ने ?(विवरण सहित)
Untitled-2-copy

पाल्पा – पाल्पा जिल्लाका विभिन्न स्थानीय तहबाट प्रावि तहको ४ सय ४० शिक्षकको दरबन्दी काटिने भएको छ । पछिल्लो समय विद्यार्थी सङ्ख्या कम हुँदै गएपछि पाल्पा जिल्लाको मात्र ४४० शिक्षक दरबन्दी काटिने भएको हो । पाल्पामा मावि र निमावि तहमा शिक्षक दरबन्दी कम भएपनि प्रावि तहमा भने विद्यार्थी संख्याको तुलनमा दरबन्दी बढी छ ।


नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालसालै कायम गरेको दरबन्दी अनुसार जिल्लाको तानसेन नगरपालिकाबाट प्रावि तहको सबैभन्दा बढी ६५ शिक्षक दरबन्दी काटिनेछ । तानसेनमा निमावि र मावि तहमा भने दरबन्दी बढ्नेछ । निमावि र मावि तहमा दरबन्दी बढेपनि तानसेनमा पहिलेको सबै तहको दरबन्दीको तुलनामा २९ दरबन्दी कम नै हुनेछ ।

तथ्यांक स्राेत : शिक्षा विभाग ।


जिल्लाको पूर्वखोला गाउँपालिकाबाट प्रावि तहको १५ जना दरबन्दी काटिनेछ । मन्त्रालयले सार्वजनिक गरेको नयाँ दरबन्दी अनुसार निस्दी गाउँपालिकाबाट ६० जना प्रावि तहको दरबन्दी काटिनेछ । माथागढी गाउँपालिकाबाट ४५ दरबन्दी प्रावि तहमा काटिनेछ ।
यस्तै रैनादेवी छहरा गाउँपालिकाबाट ६४, बगनासकाली गाउँपालिकाबाट ५६, रिबदीकोट गाउँपालिकाबाट ४४, रामपुर नगरपालिका र तिनाउ गाउँपालिकाबाट २१/२१ र रम्भा गाउँपालिकाबाट ४९ शिक्षक दरबन्दी कटौती हुने भएको छ ।


निमावि, मावि (९–१०) र मावि (११–१२)मा भने ५७८ दरबन्दी थप हुने भएको छ । शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका शाखा अधिकृत एवं सूचना अधिकारी विष्णु बेल्बासेले निमाविमा २ सय ८६, मावि (९–१०) २ सय ४९ र मावि (११–१२)मा ६१ जना दरबन्दी थप हुने जानकारी दिनुभयो ।


सरकारले दरबन्दी खाली भएका स्थानीय तहमा शिक्षकदरबन्दी समायोजन गर्ने, अस्थायी र करार शिक्षक भएका स्थानमा समेत दरबन्दी थप गर्ने बताइएको छ । यसरी थप गर्दा समेत दरबन्दी भन्दा बढी भएका शिक्षकको दरबन्दी जिल्लान्तर हुने उल्लेख गरिएको छ । शिक्षक व्यवस्थापन भने कसरी गर्ने भन्ने अझै टुंगो लागेको छैन ।

प्रकाशित मिति: मंगलबार, पुस १, २०७६  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update