Erani Mahal
ताहुँकाे प्राकृतिक आधारभुत विद्यालय 'बालमैत्री' विद्यालय घोषित
khg

पाल्पा - रम्भा गाउँपालिकास्थित ताहुँ फुरुङ्दीको प्राकृतिक आधारभुत विद्यालयलाइ बालमैत्री विद्यालय घोषणा गरिएको छ । गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बालमैत्री विद्यालय घाेषणाले शैक्षिक गुणस्तरमा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयाे ।

गाउँपालिकाले १०० अंकमा मुल्यान्कन गरेर ८० अंक प्राप्त गरेका विद्यालयलाइ बालबालिकामैत्री घोषणा गरिएकाे अध्यक्ष भण्डारीले जानकारी दिनुभयाे । गाउँपालिकालाई बालबालिकामैत्री बनाउन, विभिन्न क्रियाकलापमा बालबालिकाको सहभागिता सुनिश्चित गर्न र उनीहरुको हकअधिकार प्रदान गर्न विद्यालय बालमैत्री अभियान चलाएको छ ।

गाउँपालिकाले प्राकृतिक आधारभुतसंगै रम्भा माध्यमिक विद्यालय, जनता प्रावि, चण्डेश्वरी प्रावि, जनजागृति आधारभूत विद्यालयलाई पनि बालमैत्री विद्यालय घोषणा गरिसकेको छ । बालमैत्री स्थानीय शासन समन्वय समिति, गाउँपालिकाका पदाधिकारीसहितको टोलीले निरीक्षण तथा अनुगमनपश्चात् बालमैत्री विद्यालय घोषणा गरिएको थियो।

यसका लागि ५० वटा सूचकमा ८० अङ्क प्राप्त आवश्यकता पर्दछ। प्राकृतिक आधारभुत बिध्यालयले ८२ अंक प्राप्त गरेको थियो । कार्यक्रममा गाउपालिला उपाध्यक्ष राधा कुमारी श्रेष्ठले बालबालिकाहरुको शैक्षिक गुणसतर बृद्धि गर्न यस अभियानले टेवा पुग्ने बताउनुभयाे ।

बालमैत्री विद्यालय स्थापना भएपछि बालबालिकाको अर्थपूर्ण सहभागिता हुने र सहभागिताको लागि सहभागिता नभई वास्तविकरुपमै बालबालिकाको उपस्थिति हुने बालमैत्री स्थानीय शासन समन्वय एकाइका सम्पर्र्क व्यक्ति शिवप्रसाद अर्यालले बताउनुभयाे ।

गाउँपालिकाभित्र ३६ वटा सामुदायिक, एक गुरुकुल, पाँच संस्थागत विद्यालय छन् । सबै बिध्यालय हरु अनुगमन गरेर बालबालिकामैत्री घोषणा गरिने शिक्षा संयोजक कासिराम बस्यालले जानकारी दिनुभयाे । विद्यालयका प्रध्यानाध्यापक छन्द प्रसाद बस्यालले शतप्रतिशत सूचक प्राप्त गर्नेतर्फ ध्यान दिने बताउनुभयाे । बालबालिका घोषणासभा कार्यक्रम विद्यालयका बाल मन्च अध्यक्ष हुमा सुर्यवशीको अध्यक्षता, शिक्षक सुरेश देवकोटाको संचालनमा सम्पन्न भएकाे थियाे ।

प्रकाशित मिति: सोमबार, मंसिर ३०, २०७६  २०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update