Erani Mahal
पाल्पामा प्रावि तहकाे दरबन्दी काटिने, निमावि र माविमा थप हुने
Capturea

तानसेन – पाल्पा जिल्लाको शिक्षक दरबन्दी काटिने भएको छ । विद्यार्थी संख्या कम हुँदै गएपछि प्रावि तहकाे शिक्षक दरबन्दी काटिने भएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालसालै जारी गरेको नयाँ दरबन्दी अनुसार पाल्पाको प्रावि तहमा हाल कायम रहेकाे मध्येबाट ४ सय ४० शिक्षक दरबन्दी कटौती हुने भएको हो ।

४ सय ४० शिक्षक दरबन्दी प्रावि तहको काटिने भएको हो । निमावि, मावि (९-१०) र मावि (११–१२)मा भने ६ सय ३४ दरबन्दी थप हुने भएको छ । शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका शाखा अधिकृत एवं सूचना अधिकारी विष्णु बेल्बासेले निमाविमा २ सय ८६, मावि (९–१०) २ सय ८७ र मावि (११–१२)मा ६१ जना दरबन्दी थप हुने जानकारी दिनुभयो ।

सरकारले दरबन्दी खाली भएका स्थानीय तहमा शिक्षकदरबन्दी समायोजन गर्ने, अस्थायी र करार शिक्षक भएका स्थानमा समेत दरबन्दी थप गर्ने बताइएको छ । यसरी थप गर्दा समेत दरबन्दी भन्दा बढी भएका शिक्षकको दरबन्दी जिल्लान्तर हुने उल्लेख गरिएको छ । शिक्षक व्यवस्थापन भने कसरी गर्ने भन्ने अझै टुंगाे लागेकाे छैन ।


हेर्नुहोस् स्थानीय तह अनुसार कायम गरिएको दरबन्दी विवरण :-

प्रकाशित मिति: सोमबार, मंसिर ३०, २०७६  १९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update