Erani Mahal
पाल्पामा ट्याक्सी र बस ठाेक्किदा ४ जना घाइते
accident2019-04-05

तानसेन – सिद्धार्थ राजमार्ग अन्तर्गत आर्यभाङ्ज्याङ् राम्दी सडकको अगाहाखोलामा ट्याक्सी र बस आपसमा ठोक्किदा चार जना घाइते भएका छन् । स्याङ्जाबाट पाल्पा आउँदै गरेको ग १ ज १८८० नम्बरको ट्याक्सी र बिपरीत दिशाबाट आइरहेको ग १ ख ५१९१ नम्बरको बस आपसमा ठोक्किदा ट्याक्सीका सवार ४ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ ।


घाइते हुनेमा स्याङ्जा जिल्ला विरुवा गाउँपालिका–२, बस्ने ४० वर्षका जसबहादुर गुरुङ्, पुतलीबजार नगरपालिका–१२ बस्ने ६० वर्षकी योगमति गुरुङ्, पुतलीबजार नगरपालिका–२, बस्ने ४३ वर्षका जुमप्रसाद गुरुङ र पुतलीबजार–२, बस्ने २४ वर्षकी कृष्णमाया गुरुङ् रहनुभएको छ ।

जुमप्रसाद ट्याक्सी चालक हुन् । घाइतेहरुको उपचार लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको छ । उनीहरूकाे अवस्था सामान्य रहेकाे अस्पतालले जनाएकाे छ । दुर्घटना साेमबार दिउँशाे भएकाे हाे ।

प्रकाशित मिति: सोमबार, मंसिर ३०, २०७६  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update