X

रत्न लक्ष्मी मावि गलकोटको हीरक महोत्सव सकियो

रानीमहल संवाददाता || ३० मंसिर २०७६,सोमबार ११:११

थम्मन थापा बागलुङ मंसिर ३० । रत्नलक्ष्मी माध्यमिक विद्यालय गलकोट नगरपािलका ११ रिघाको हीरक महोत्सव सम्पन्न भएको छ ।

हीरक महोत्सवको अवसरमा विद्यालयले झण्डै २ करोड ४० लाख आर्थिक संकलन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा बहादुर पुनले जानकारी दिनुभयाे । प्रविधि युक्त गुणस्तरीय शिक्षा, सुदृढ भौतिक पुर्वाधार हाम्रो ईच्छा भन्ने मुल नाराका साथ विद्यालयले मंसिर २५ गते देखि स्वर्ण महोत्सव आयोजना गरेको थियो ।

संकलित रकमबाट विद्यालयले समय सापेक्ष गुणस्तरीय शिक्षा र प्रविधि मैत्री शिक्षा प्रदान गर्ने मुख्य उद्येश्य राखेको प्रधानध्यापक ताराबहादुर पुनले बताउनुभयाे । हीरक महोत्सवको समापन समारोहमा गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले नगरको तर्फबाट विद्यालयलाई प्रविधी मैत्री शिक्षा सुविधा सम्पन्न भवन र खेलमैदान निर्माणको लागी नगद रु १० लाख सहयोग गर्ने घोषणा गर्नुभएकाे छ । नगर प्रमुख गैरेले विद्यालय शिक्षालाई समय सापेक्ष र जीवन उपयोगी बनाउनुपर्ने बताउदै गलकोट क्षेत्रको विद्यालय शिक्षालाई प्रभावकारी बनाउन नगरपालिकाले बिशेष योजना लागु गर्ने बताउनुभयाे । स्थानिय सरकार प्रदेश सरकारको अस्तित्व नरहने गरि केन्द्रीय तहबाट बजेटको विनियोजन हुनु समृद्धिको सपनामा सिमित रहने उल्लेख गर्नुभयाे ।

उहाँले स्थानिय तह सँगको सहकार्यमा योजनाको प्राथमिकीकरण गरि बजेट बिनियोजन गर्न प्रदेश र केन्द्र सरकारलाई आग्रह गर्नुभयाे । हीरक महोत्सवमा आयोजित खुल्ला फुटवल प्रतियोगितामा बागलुङ नगरपालिका ११ विजयी भएको छ । सो अवसरमा विद्यालय स्तरिय भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, मयुर नृत्य, सोरठी नृत्य, बाल गीत तथा नृत्य, विद्यार्थीद्धारा पिटी प्रर्दशनी गरिएको थियो भनें विद्यालयलाई सहयोग गर्ने सहयोगदाता, जग्गादाता, चन्दादाता, पुर्व प्रधानाध्यापक, पुर्व शिक्षक कलाकार, पत्रकारलाई सम्मान गरिएको थियो ।

महोत्सवमा पुर्व संविधान सभा सदस्य नर बहादुर पुन, गलकोट नगरपालिकाका प्रवक्ता हिम बहादुर भण्डारी, गलकोट नगरपलिका ६ का वडा अध्यक्ष नर बहादुर खत्री, गलकोट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कृष्ण प्रसाद गौतम, साविक रिघा गाँउ विकास समितिका पुर्व अध्यक्ष गाँगा भुजेल, सामुदायिक सेवा केन्द्र गलकोटका अध्यक्ष मञ्जु शर्मा चालिसे, पुर्व प्रधानध्यापक हरि भण्डारीले मन्तव्य राख्नुभएकाे थियाे ।

हीरक महोत्सव अवधिभर राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरु देवी घर्ती, कुलेन्द्र विश्वकर्मा, जुना श्रीस, प्रकाश सपुत, ईश्वर सिंह, सञ्जय पुन लगायतले सांगितिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys