Erani Mahal
पाल्पाकाे झुम्साबाट २ जना युवक लागुऔषध सहित पक्राउ
666-1

पाल्पा–पाल्पाको तिनाउ गाउँपालिका–३, दोभानबाट लागुऔषध सहित २ जना युवक पक्राउ परेका छन् । प्रहरी चौकी दोभानले झुम्सामा चेकजाँच गर्ने क्रममा स्याङ्जा जिल्ला अर्जुनचौपारी गाउँपालिका वडा नं. ५ का स्थायी बासिन्दा हाल पोखरा महानगरपालिका १७ बस्ने २२ वर्षका विशाल नेपाली र कास्की मादी गाउँपालिका वडा नं. ९ बस्ने ३१ वर्षका किरण गुरुङ् पक्राउ परेका हुन् ।

तस्विर स्राेत : जिप्रका, पाल्पा ।

बुटवलबाट पाल्पा तर्फ आउदै गरेको ग १८ प ८९ नं. को मोटरसाईकलमा सवार नेपाली र गुरुङलाई खानतलासी गर्ने क्रममा लागुऔषध बरामद भएको हो । प्रहरीले उनीहरुको साथबाट डाइजोपम ६८ वटा, नुफिन ६८ वटा, फेनेरागन ६८ वटा, २ एमएल सिसी र २६ हजार नगद समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले रानीमहललाइ जानकारी दिनुभयो ।

शुक्रबार दोभान प्रहरी चौकीका प्रमुख बालबहादुर घर्तीको नेतृत्वमा खटेको प्रहरीले झुम्सामा चेकजाँच गरेको थियो । थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । पछिल्लाे समय सिद्धार्थ राजमार्ग लागुऔषध ओसारपोसार गर्ने मार्ग बन्दै गएकाे छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २९, २०७६  २१:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update