Erani Mahal
पाल्पाकाे 'रानी झरना' : पर्यटकका लागि आकर्षक स्थल
rani-jharna

पाल्पा - तिनाउ गाउँपालिका–२ ढाबखोलामा रहेकाे रानीझरना पर्यटककाे आकर्षक स्थलकाे रूपमा विकास हुँदै गएकाे छ । तिनाउ गाउँपालिकाले रानीझरना स्थलमा आन्तरिक पर्यटन प्रबर्धनका लागि संरचना निर्माण गरेपछि पर्यटककाे आकर्षणमा परेकाे हाे ।

प्राकृतिक रूपमा निर्मित झरना र निलाे पोखरीले आन्तरिक पर्यटकलाई लोभ्याएकाे छ । करिब ५० मिटर माथिबाट झरना बगिरहेको छ भने वरपर हरियाली जङ्गलको बीचमा भागमा रहेको झरना क्षेत्रमा पुग्दा शान्त र प्राकृतिक रूपमा आनन्द मिल्छ ।

आन्तरिक गन्तव्यका रुपमा रानी झरनाको सम्भावना देखिएपछि यस क्षेत्रमा भौतिक पूर्वाधारको विकास गरिएकाे वडा अध्यक्ष राजेश श्रेष्ठले बताउनुभयाे । वडाले पर्यटन पहुँचमार्ग, आकाशे पुल, वनभोजस्थल निर्माणलगायतका भौतिक संरचना बनाइएकाे छ । रानी झरनास्थलमा भौतिक संरचनाको विकास गरेपछि पर्यटकीय चहलपहल बढ्दै गएकाे छ ।

गाउँपालिका क्षेत्रभित्र रहेको झरनामध्ये नै रानी झरना निकै आकर्षक रहेको र यसलाई थप प्रचारप्रसार गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न खाँचो रहेको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले बताउनुभयो । प्राकृतिक रूपमा सुन्दर, ढुङ्गामा पोखरी रहेको यस झरना क्षेत्र निकै आकर्षक रहेको घर्तीको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २९, २०७६  २०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update