Erani Mahal
मिलिजुली बचत तथा ऋण सहकारी संस्थाकाे वार्षिक साधारणसभा सम्पन्न
79744841_1004994606530721_8755612813709279232_n

पाल्पा - मिलिजुली बचत तथा ऋण सहकारी संस्था तिनाउ-२, दाेभानकाे १८ औं वार्षिक साधारण सभा एवं १० औं अधिवेशन सम्पन्न भएकाे छ । आइतबार तिनाउमा भएकाे अधिवेशन विष्णु थापाकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।

कार्यक्रममा प्रमुख अतिथि तिनाउ गाउँपालिकाकी उपाध्यक्ष दमयन्ती थापाले तिनाउकाे केन्द्रमा रहेकाे याे सहकारी नमुना बन्दै गएकाेमा बधाई दिदै अझै यसलाई सहकारी ऐन तथा नियमावलीमा टेकेर लक्ष्य अनुरुप अगाडि बढाउन अनुराेध गर्नुभयाे।

कार्यक्रममा विशिष्ट अतिथि तिनाउका प्रवक्ता राजेश श्रेष्ठले २०७७ असाेज सम्ममा एक स्थानीय तह भित्रका थुप्रै सहकारीमा सदस्य भएपनि राेजेर एकै प्रकृतिका एउटा मात्रै सहकारीकाे सदस्य बन्नु पर्ने नीति भएकोले त्यसै अनुसार अघि बढ्न सुझाव दिनुभयाे।

अबदेखि एउटै प्रकृति एक भन्दा बढी सहकारीमा सदस्य बन्न नपाईने र एउटा वडामा साेही प्रकृतिका धेरै सहकारी भएमा मर्च गरेर अघि बढ्न अनुराेध उहाँले गर्नुभयाे ।

सभामा सामुदायिक वन समन्वय समितिका अध्यक्ष अमर सिंह प्रधान, लक्ष्मण थापा, लाल कुमार श्रेष्ठ, अमर भण्डारी, सावित्रा थापा लगायतले शुभकामना मन्तब्य राख्नुभएकाे थियाे ।रविन्द्र पाैडेलकाे सञ्चालनमा भएकाे उक्त सभाले पुन विष्णु थापाकाे अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति ३ वर्षका लागि निर्विराेध चयन गरेकाेछ । उक्त सभामा ३ कार्यकाल अध्यक्षकाे भुमिका निर्वाह गर्नुभएका निवर्तमान अध्यक्ष राजेश श्रेष्ठ, नियमित बचतकर्ता चुरामणी लम्साल लगायतलाई सम्मान गरिएको थियाे ।

प्रकाशित मिति: आइतबार, मंसिर २९, २०७६  २०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update