Erani Mahal
रिब्दीकाेटकाे भवानी माविलाई कम्प्युटर र प्रोजेक्टर प्रदान
80253715_431006371109535_6591339447059480576_n-1

पाल्पा - साइन रेसुङ्गा बैंकले रिब्दीकोट कुसुमखोलास्थित भवानी माविलाई कम्प्युटर र प्रोजेक्टर प्रदान गरेको छ । विद्यार्थीसँग बैंकिङ् कार्यक्रम अन्तर्गत विद्यालयलाई एक सेट कम्प्युटर र एक सेट प्रोजेक्टर प्रदान गरिएको बैंकका सिइओ प्रकाश पौडलेले हस्तान्तरण गर्नुभयो ।

यस्तै बैंकले बीस हजार बराबरको अक्षयकोष समेत स्थापना गरेको छ । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवि नेपालले समयसापेक्ष विद्यार्थी, अभिभावक र शिक्षकले समेत बैंकिङ् कारोबारका बारेमा बुझ्न आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले आर्थिक कारोबार बैंकमार्फत गर्न सुझाव दिनुहुँदै युवा वर्ग विदेशमा भन्दा सहुलियतमा कर्जा लिएर स्वदेशमै व्यवसायमा लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक गोबिन्द प्रसाद नागिला, नेपाल राष्ट्र बैंक भैरहवाका प्रमुख राजेन्द्र भट्टराई लगायतले बैंकिङ् कारोबारका बारेमा धारणा राख्नुभएको थियो । प्रभात मावि विव्यसका अध्यक्ष डुलबहादुर कुँवर, कालिका मावि विव्यसका अध्यक्ष लिलाबहादुर कार्की लगायतले बोल्नुभएको थियो ।

विद्यालयका प्रअ रुद्रप्रसाद आचार्यले कार्यक्रम पाल्नु हुने सबैलाइ धन्यवाद दिदै सहयोग गर्ने संथा रेसुङ्गा बैकप्रति आभार प्रकट गर्नु भएको थियो । कार्यक्रम विध्यालय व्यवस्थापन समितिका अध्यक्ष सरस्वती श्रेष्ठको अध्य्क्षतामा चलेको विद्यालयका शिक्षक अर्जुन आचार्यले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शनिबार, मंसिर २८, २०७६  २१:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update