Erani Mahal
नेकपा नेता पाण्डेलाई मातृशोक
ad-1

पाल्पा– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाल्पाका नेता नेत्र प्रसाद पाण्डेलाई मातृ शोक परेको छ । नेता पाण्डेको माता मानकुमारी पाण्डेको ८६ वर्षको उमेरमा आज विहान तानसेन १४ घरमा मृत्यू भएको हो ।

नेपाल कम्युनिष्ट पार्टीका प्रदेश समिति सदस्य तथा जिल्ला कार्यालय सदस्य रहनुभएका पाण्डेको आमा विगतलामो समयदेखि विभिन्न रोगले संक्रमण हुनुभएको थियो । मृतक पाण्डेको आज नै रिडीधाममा अन्त्यष्टी गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

मानकुमारी पाण्डे


पाण्डेको मातृ विगोयसँगै विभिन्न व्यक्ति तथा संस्थाले सामाजिक सञ्जाल तथा घरमै पुगेर समवेदना व्यक्त गरेका छन् । पाण्डेको घरमा पुगेर पूर्व मन्त्री सोमप्रसाद पाण्डे, प्रदेश सभा सदस्य पुरनमान बज्राचार्य, तानसेनका नगरप्रमुख अशोक कुमार शाही लगायतले समवेदना सहित श्रञ्जली व्यक्त गर्नुभएको छ ।

स्वर्गीय पाण्डेका चार छाेरा र दुइ छाेरी हुनुहुन्छ ।

प्रकाशित मिति: शनिबार, मंसिर २८, २०७६  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update