Erani Mahal
तानसेनमा ट्राफिक प्रहरी कठोर : सवारीसाधनलाई सिक्रीले बाँधियाे
66

पाल्पा – ट्राफिक प्रहरी नियम मिचेर सवारीसाधन पार्किङ् गर्नेमाथि कठोर बनेको छ । ट्राफिक नियम मिचेर तानसेनको विभिन्न स्थानमा जथाभावी पार्किङ् गरिएका सवारीसाधन सिक्रीले जेलिने भएको छ । ट्राफिक प्रहरीले तानसेनका विभिन्न स्थानमा राखेका सवारीसाधनले ट्राफिक व्यवस्थापनमा असर प¥याएको भन्दै सवारीसाधन शिल गर्न थालेको हो ।


कतिपयले प्रहरीले कानुन अनुसार कारबाही गर्नु सह्रानीय कार्य भएको भन्दै प्रतिक्रिया दिएका छन् । पछिल्लो समय तानसेनमा जहाँपायो त्यही पार्किङ् गर्ने समस्या बढेको छ । नगरपालिकाले निश्चित स्थान हुलाकचोक, बिशालबजार, नारायणस्थान लगायतका क्षेत्रमा पार्किङ्को व्यवस्था गरेको छ । यद्यपी यी स्थानमा सहज रुपमा पार्किङ् गर्ने क्षेत्रफल अभाव हुँदै आएको छ ।

तस्विर : विष्णु भण्डारीकाे फेसबुक पेजबाट ।


आफूखुसी ‘नो पार्किङ्’ बोर्ड
उता सडक मिचेर व्यापार गरिरहेका व्यापारीले समेत तानसेनका सडकमा जथाभावी ‘नो पार्किङ्’ लेखिएका बोर्ड राख्ने क्रम बढेको छ । खासगरी तानसेनको मख्खनटोल, शित्तलपाटी, सिल्खानटोलमा व्यापारीहरूले मनपरी ‘नो पार्किङ्’ बोर्ड राखेर सडक कब्जा गरिरहेका छन् । यस्ता गैरकानुनी क्रियाकलाप नियन्त्रण गर्ने र मनपरी बाेर्ड राख्नेमाथि भने ट्राफिक प्रहरीले कारबाही गर्न सकेकाे छैन ।


सरकारी कार्यालय परिसरभित्रै पार्किङ्
यस्तै जिल्ला समन्वय समितिभित्र समेत सवारी पार्किङ् बढेको छ । सरकारी सवारीसाधनलाई मात्र पार्किङ् गर्न दिइएपनि पछिल्लो समय नीजि सवारीसाधनले जिसस परिसर भरिने गरेको छ । नीजि सवारीसधान लिने तर सवारीसधान व्यवस्थापन गर्ने जग्गा व्यवस्थापन नगर्ने प्रचलन बढ्दा समस्या भएकाे हाे । यसले गर्दा तानसेनमा ट्राफिक समस्या बढ्दो छ । कतिपयले सडक कब्जा गरेर सवारी पार्किङ् गरेकाे समेत देखिन्छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २५, २०७६  २१:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update